गृहपृष्ठ ∕ अर्थ ∕ तीन बैंकलाई राष्ट्र बैंकको कारबाहीतीन बैंकलाई राष्ट्र बैंकको कारबाही नेपालीपत्र सोमबार, २०८० साउन २२ गते, १५:३६ मा प्रकाशित अर्थ काठमाडौँ। नेपाल राष्ट्र बैंकले गत चैतदेखि असारसम्म तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले प्रभु बैंक, हिमालयन बैंक र कुमारी बैंकलाई कारबाही गरेको हो।प्रभु बैंकले तोकिएकोभन्दा बढी ब्याज लिएको, कर्जा नोक्सानी व्यवस्था सही रुपमा कायम नगरेको र जोखिम सम्पत्तिको भारको गणना सही रुपमा नगरेको कारण कारबाही गरेको हो। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गरिएको हो।त्यस्तै, कुमारी बैंकले गत माघ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेको कारण ५९ लाख ६३ हजार रूपैयाँ जरिवाना गरिएको छ।हिमालयन बैंकले पनि गत कात्तिक महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेपछि एक करोड ३९ लाख रूपैयाँभन्दा केही बढी जरिवाना गरिएको हो। कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्छ। #बैंकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दैनवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती शुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानीसुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरेका छन् ।जग्गा भाडामा बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रासकाठमाडौं । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको एनएमबि बैंकको पोखरामा वित्तीय साक्षरता कार्यक्रमकाठमाडौँ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट युएसएआइडीसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, बाजुराको एक सामुदायिक विद्यालयलाई ईसेवाको सहयोगकाठमाडौँ । ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पार्वती माध्यमिक विद्यालय, बाजुरालाई सहयोग हस्तान्तरण गरेको छ। काठमाडौं, ईसेवा शेयर बजार सामान्य घट्याेकाठमाडाैँ । शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६० अङ्कले घटेर दुईधेरै पढिएका खबर १ वर्तमान सत्ता गठबन्धनको उद्देश्य विकासमा गतिशीलता ल्याउनु होः मन्त्री गुरुङ २ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति : अर्थमन्त्री पौडेल ५ समाजवादी गणतन्त्रले जनताका चाहनालाई सम्बोधन गर्छः वर्षमान पुन ६ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ७ अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख रानाThe Film Nepal