एजेन्सी । लडाइ–झगडा हुँदा मानिसहरु कडा र तिखा शब्दहरु ज्यादा प्रयोग गर्छन् जसका कारण सम्बन्ध झन् बिग्रिएर जानेगर्छ । सम्बन्धमा सत्यता हुनु आवश्यक पर्छ । धेरै खुल्लापन हुनुपनि सम्बन्धको लागि हानिकारक हुनेगर्छ । ज्यादा खुल्लापनले पनि पार्टनरसँग झगडाको वातावरण धेरै बन्ने गर्छ ।
झगडा पर्दा यी ५ कुरामा अत्यन्त ध्यान दिनुपर्छ ।
१. आफ्नो पार्टनरसँग कुराकानीलाई महत्वका साथ लिने गर्नुहोस् । आफ्नो पार्टनरको कुरा बुझ्ने प्रयास गुर्नहोस् । यदी पार्टनरको कुरा मन नपरेमा होश नगुमाउनुहोस्, धैर्य गर्नुहोस् । स्थितिसँग भाग्ने काम नगर्नुहोस् । यस्तो अवस्थामा जथाभावी बोल्नाले सधैभरिलाई खराब सम्बन्ध बन्ने गर्छ ।
२. रिसाउनु एक ठाउँमा उचित हो तर रिसको अवस्थामा केही नराम्रो कदम नउठाएकै राम्रो । अपशब्द प्रयोग गर्नबाट परै रहनुहोस् ।
३. जिम्मेदारीलाई लिएर झगडा गर्नुभन्दा दुवैजनाले कामको बाडँफाडँ गर्नु उचित हुन्छ । पुराना दिनहरुलाई सम्झेर एकअर्कालाई दोषारोपण गुर्न गलत हुनेछ ।
४. घरका अन्य परिवार सदस्यलाई झगडामा तान्नु ठुलो गल्ती हुन्छ । एक–अर्काको परिवारलाई लिएर तुलना गर्ने काम बन्द गर्नुपर्छ ।
५. कुनै कुरालाई इग्नोर गर्ने बानी पनि राख्नुपर्छ । सानो सानो कुरामा प्रतिक्रिया दिनु पनि कहिलेकाही उचित हुँदैन ।