आफूहरुविरुद्ध घेराबन्दी भइरहेको छः प्रचण्ड
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुविरुद्ध घेराबन्दी भइरहेको बताएका छन्। बुधबारदेखि जारी केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले आज पनि लिडरसिप र पार्टीमाथि घेरावन्दी भएको र जेल हाल्ने कुरा गरेका हुन्।
नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको बताए। ‘तिनका षड्यन्त्र परास्त गर्न राजनितिक दलले पनि सहयोग गरेर तिनलाई महाअभियोग लगाउनु पर्ने अवस्था आयो। हामीमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता थियो र आज पनि छ,’ उनले भने।
बैठकलाई सम्बोधन गर्दै प्रचण्डले ३ महिना अभियान चलाएपछि पार्टी नयाँ बन्ने दाबी गरे। माओवादी केन्द्रले आउँदो भदौ १६ गतेदेखि जनतासँग ‘माओवादी विशेष रुपान्तरण अभियान’ चलाउने भएको छ। काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आइतबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले पार्टीको विशेष अभियानबारे जानकारी घोषणा गरेका हुन्। उनले भदौ १५ गतेसम्म तयारी गरेर १६ गते देशभर एकैसाथ यो अभियान चलाउन नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले अभियानका लागि सबै वडामा एउटा घर पनि नछोडी जानका लागि केन्द्रीय सदस्यहरुसँग आग्रह गरे।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग