Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनतीज गीत ‘पापाकी परी’ सार्वजनिक

तीज गीत ‘पापाकी परी’ सार्वजनिक


काठमाडौँ। लोक तथा दोहोरी गायिका एवं व्यवसायी उमा श्रेष्ठ ले यस वर्ष पनि अशंख्य श्रोता दर्शक लक्षित गर्दै नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० को शुभकामना सहित आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा तीज गीत ‘पापाकी परी’ सार्वजनिक गरेकी छिन्। उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु सार्वजनिक गरिसकेकी छिन्।

गायिका उमाले आफ्नो सांगीतिक यात्राको क्रममा विभिन्न अवार्ड तथा सम्मान समेत हात परिसकेकी छिन्। स्थायी घर सिन्धुपाल्चोक भएकी उनि व्यवसायीकताको नाममा मौलिकता भुल्न नहुने कुरा बताउँछिन्। गीतको नाम अनुसार भित्रि भाव नभएको र यस गीतले पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने कुरामा उमा ढुक्क छिन्।

लोक तथा दोहोरी गायिका एवं ब्यवसाही उमा श्रेष्ठको पछिल्लो समय बजारमा आएको तीज गीतमा उमा श्रेष्ठको नै एकल स्वर रहेको छ। साथै सामुहिक स्वर अमृत खाती र नरेन्द्र वियोगीको पनि सुन्न सकिन्छ। प्रस्तुत गीतलाई लय तथा शब्द सिर्जना श्रीकृष्ण बम मल्लले भरेका छन्। गीत अनुसार म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ। भिडियोलाई रुबिना अधिकारी, जोहन बम, बिनोद सेवान र अनिल परियारको अभिनयले सजाइएको छ।

बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन लक्ष्मण चुहंले गरेका छन्। गायिका उमाले पहिलेका गीत संगीत जसरी नै यस गीतलाई पनि सम्पूर्णले मन परईदिनुहुने कुरामा बिश्वास ब्यक्त गर्दछिन् । गीतलाई उमा श्रेष्ठ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘होस्टेल–३’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । मुहूर्त

यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड सम्पन्न

काठमाडाैँ । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनको सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित

हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक

काठमाडौँ । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् । गायक हिमाल श्रेष्ठले यो गीतको

चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा आएको छ । हिमाली सौन्दर्य र संस्कृतिको कथावस्तुलाई समेटेर बनेको यो चलचित्र नेपाली सिनेमामा

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्वाईं साव’को गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । चलचित्र

कलाकार सुलेमान शंकर इकु पक्राउ

काठमाडौँ । कलाकार सुलेमान शंकर इकु पक्राउ परेका छन् । कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा

Techie IT