Techie IT
२०८१ भदौ २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा


काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनले सन्न्यासको घोषणा गर्दै घरेलु क्रिकेट पनि नखेल्ने बताएका हुन्।

नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याट्सम्यान मल्लले सन् २००५ देखि १५ वर्षमुनिको उमेर समूहको क्रिकेटबाट यात्रा शुरु गरेका थिए। यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका थिए। उनले २०२३ मा जिम्बावेमा रहेको हरारे मैदानमा आईसीसी विश्व कप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन्।

सन् २००६ को इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्ध डेब्यु गरेका ज्ञानेन्द्रले डेढ दशकभन्दा बढी समय अन्तर्राष्ट्रिय क्रिकेट खेले। सन् २००९ मा पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका रुपमा रहे।

२०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाएका थिए। उनी २०७८ साल मंसिरसम्म नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान रहेका थिए। तर ज्ञानेन्द्रले खेलाडीको केन्द्रीय सम्झौता र सुविधाको बारेमा आवाज उठाउने समूहको नेतृत्व गर्दा नेपाल क्रिकेट सङ्घ क्यानबाट अनुशासनको कारबाहीस्वरुप कप्तान पद गुमाएका थिए। कप्तानबाट हटाइएपछि ज्ञानेन्द्रले सन्दीपको कप्तानीमा ओमानमा टी–२० विश्व कप छनोट र यूएईमा लिग टू खेले। तर, त्यसपछि भने उनी टिममा पर्न छाडेका थिए।

गत वर्ष साउनमा नेपालले केन्यासँग खेल्ने टी–२० तथा एकदिवसीय क्रिकेटमा उनले टोलीमा पुनरागमन गरेका थिए। उनले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८ सय ७६ रन बनाएका छन्।
यस्तै, ४५ टी–२० खेलमा उनले ८८३ जोड्दा एक शतक र दुई अर्धशतक प्रहार गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ: प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्

नेपालले श्रीलंकासँग तेस्रो अभ्यास खेल आज खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको तेस्रो अभ्यास खेल आज (शुक्रबार) हुँदैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार

यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने

काठमाडौँ । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन्

पाँचौ ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटीलाई

काठमाडौँ । द ब्रिटिस कलेजको आयोजनामा सम्पन्न पाँचौ संस्करणको ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटी कलेजले जितेको छ

महिला फुटबल लिगमा कोशी र बागमती तथा कर्णाली र वालिङ…

काठमाडौं । राष्ट्रिय महिला लिगमा बिहीबार दुई खेल आयोजना हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा बागमती युवा क्लब

महिला लिग फुटबलको दोस्रो चरणका खेल आजदेखि हुँदै

काठमाडाैँ । एन्फा महिला लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् । दोस्रो चरणको पहिलो खेलमा आज बागमती प्रदेश

Techie IT