Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिशेखर कोइरालाको प्रश्‍नः नयाँ काण्ड आउने वित्तिकै तीन नेता किन बस्छन्?

शेखर कोइरालाको प्रश्‍नः नयाँ काण्ड आउने वित्तिकै तीन नेता किन बस्छन्?


काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ–नयाँ काण्डहरु आउने बेला हुने गरेका शीर्ष नेताबीचको भेटबारे प्रश्न उठाएका छन्।

बिहीबार काठमाडौँमा बिहीबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले देशमा एकपछि अर्को काण्ड भइरहँदा त्यसमा माथिल्लै तहको संलग्नता हुने गरेको दाबी गर्दै यस्ता घटनाहरु बाहिर आउने बित्तिकै दलका शीर्ष नेताहरु बैठक बसि हाल्नुको अर्थ के हो भनेर पनि सोधेका छन्। उनले तीन बीच के विषयमा छलफल हुन्छ भन्ने नै थाहा नभएको समेत बताए।

शरणार्थी प्रकरण र पछिल्लो सुन तस्करी प्रकरणको अनुसन्धान भैरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीले र आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाबीच भएको भेटलाई कोईरालाले शंकास्पद ठानेका हुन्।

पछिल्लो समयको क्विन्टल सुन तस्करी प्रकणतर्फ संकेत गर्दै नेता कोइरालाले भ्रष्टाचारको अन्त्य भए मात्र देश सुशासनको बाटोमा अघि बढ्ने बताए। ‘अहिले अर्को नयाँ घटनाक्रम छ, जे घटना हुन्छ, तीन जना नेताहरु बसिहल्नुहुन्छ, किन बस्नुहुन्छ के छलफल हुन्छ? केही थाहा छैन,’ नेता कोइरालाले भने, ‘हिजो–अस्ति मात्र पनि बसिराखेको जस्तो लाग्छ। यसले के सन्देश दिइरहेको छ? के भइरहेको छ? यसले देशलाई कहाँ पुर्‍याउँछ? त्यसैले हामीले भ्रष्टाचारको अन्त्य गरेर सुशासनको बाटोमा अघि बढाउने हो भने मात्रै देश बनाउन सकिन्छ।’

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

Techie IT