Techie IT
२०८१ चैत्र २७, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसभामुखसँग मन्त्री साटेर राजनीतिक बेइमानी !

सभामुखसँग मन्त्री साटेर राजनीतिक बेइमानी !


विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतम सभामुखबाट राजीनामा दिएर आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएको छ । नेपालको संसदीय इतिहास र प्रदेश सरकारको इतिहासमा सभामुख त्यागेर मन्त्री पद रोजेको यो पहिलो घटना हो । संसदीय अभ्यासमा यो घटनालाई गम्भीर रूपमा लिइएको छ ।

नेपालको नयाँ मर्यादाक्रमअनुसार आठौं स्थानमा प्रदेशसभाका सभामुख रहेका छन् । जसको मर्यादाक्रम संघीय सरकारमा राज्यमन्त्री, प्रतिनिधिसभाका मुख्य सचेतक, विभिन्न संसदीय समितिका सभापति, संवैधानिक निकायका प्रमुख, महान्यायाधीवक्ता लगायतसँग बराबरी रहेको छ । यता, प्रदेश सरकारका मन्त्रीको मर्यादाक्रम भने एक स्थान तल नवांै स्थानमा रहेको छ । तर, सत्ता स्वार्थका लागि सभामुख त्याग गरेका गौतमले पदीय मर्यादाक्रमलाई समेत ख्याल नगरी एक स्थान तलको मन्त्री पद स्वीकार्नुभएको छ । गौतममाथि यसअघि सर्वोच्चको फैसलापछि नै नैतिकताका आधारमा सभामुखबाट राजीनामा दिनुपर्ने दबाब थियो । तर, अदालतले आफूलाई सच्याएको भन्दै पदमा नै बसिरहेका गौतमले सरकार बनाउनका लागि भने मन्त्रीसँग सभामुख पद साटफेर गरेका छन् ।

गत मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनपछि तत्कालीन प्रदेश १ को प्रदेशसभा सभामुखमा माओवादी केन्द्रबाट बाबुराम गौतमको एकल उम्मेदवारी परेका कारण निर्विरोध चयन भएका थिए ।

ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्रनम्बर २ बाट प्रत्यक्ष निर्वाचित ५० वर्षीय गौतम माओवादीका केन्द्रीय सदस्य हुन् । युद्धकालमा उनले पार्टीको मजदुर क्षेत्रमा काम गरेका थिए । प्रमाणपत्र तहसम्मको अध्ययन गरेर आएका गौतम सभामुखपछि अहिले आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन् ।

तीन मन्त्री नियुक्त

कोशी प्रदेशमा २६ दिनमा दोस्रोपटक मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बुधवार पद तथा गोपनीयताको शपथ लिएलगत्तै तीन जनालाई मन्त्री नियुक्त गरेका छन् ।

बनेका छन् । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङबाट मुख्यमन्त्रीमा नियुक्त भएका थापाले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री, नेकपा (एकीकृत समाजवादी)का कमल जबेगु भौतिक पूर्वाधार विकासमन्त्री र कांग्रेसका प्रदिपकुमार सुनुवार खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका तीनै जना मन्त्रीहरूले पनि बुधवार नै प्रदेश प्रमुखसामु पद तथा गोपनीयताको शपथ लिएका थिए ।

सरकार निर्माणका लागि सभामुख पदबाट राजीनामा दिएका गौतम मुख्य मन्त्रीपछिको वरीयतामा आर्थिक मामिला मन्त्री नियुक्त भएका छन् । जबेगु र सुनुवारलाई भने मुख्यमन्त्री थापाले पहिलोपटक असार २१ गते मुख्यमन्त्रीमा नियुक्त हुँदा पनि मन्त्रीमा नियुक्त गरेका थिए । तर, उनीहरूले मन्त्रालयको जिम्मा नपाई सर्वोच्चको आदेशमा पदमुक्त हुनुपरेको थियो । पहिलोपटक सभामुख बाबुराम गौतमको पनि समर्थनमा मुख्यमन्त्री बनेका थापा २१औं दिनमा साउन ११ गते सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएका थिए । मंगलवार तीनै सभामुख गौतमलाई राजीनामा गराएर थापा पुन: मुख्यमन्त्री बन्न सफल भए ।

सभामुखकै हैसियतमा सरकार निर्माणमा सामेल भएको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया पुन: शुरू गर्न परमादेश दिएको थियो । प्रदेश प्रमुख खापुङले मंगलवार अपराह्न ५ बजेसम्मको समय दिएर पुन: मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

सत्ता गठबन्धनका नेताहरूले ६ प्रदेशसभा सदस्य भएको राप्रपाको समर्थनमा जुटाउने प्रयास गरेका थिए । राप्रपाले समर्थन नगरेपछि ४६ मत मात्र भएको सत्ता गठबन्धनले सभामुखलाई राजीनामा गराउने विकल्प अघि सारे । गौतमले मंगलबार सभामुख पदबाट राजीनामा दिएपछि माओवादी केन्द्रका सांसद संख्या १३ पुग्यो । कांग्रेसका २९, एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी ४७ सांसदले समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेलगत्तै थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

थापाले सत्तारुढ गठबन्धनभित्र छलफल गरेर संविधानमा व्यवस्था भएअनुसार ३० दिनभित्र विश्वासको मत लिने प्रतिक्रिया दिएका छन् । विश्वासको मत पाउने सम्भावना छ त भन्ने पत्रकारहरूको प्रश्नमा मुख्यमन्त्री थापाको प्रश्न थियो– ‘गठबन्धनमा बहुमत पुगेकै छ, यसमा कुनै शंका छ र ?’

सभामुख गौतमले राजीनामा दिइसकेकाले ९३ सदस्यीय प्रदेशसभामा अहिले सत्तापक्षसँग बहमत अर्थात् ४७ मत छ ।

मुख्यमन्त्री थापालाई बहुमत पुर्याउन कठिन

मुख्यमन्त्री थापालाई विश्वासको मत लिने बेलासम्म बहुमत पुर्याउन कठिन हुने देखिएको छ । एमालेमा सत्तारुढ गठबन्धनलाई अप्ठ्यारो पार्न उपसभामुख सिर्जना दनुवारलाई राजीनामा गराउने छलफल शुरू भएको छ । मुख्यमन्त्री थापाले विश्वासको मत नपाए संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमाले नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्न सक्नेछन् ।

त्यो अवस्था ल्याउन पनि एमालेले उपसभामुखलाई राजीनामा गराउने सम्भावना छ । उपसभामुखले राजीनामा दिए वा बैठकमा उपस्थित नभए ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । प्रदेशसभामा ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल छन् । नेपाल समाचारपत्रमा खबर छापिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा

Techie IT