सरकारका कारण सदनको गतिरोध लम्बिएको एमाले सचेतकको आरोप

फाइल फाेटाे
काठमाडौँ। नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारका कारण सदनको गतिरोध लम्बिएको आरोप लगाएका छन्।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै वर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने एमालेको माग सरकारले अस्वीकार गरेकै कारण सदनको गतिरोध लम्बिएको आरोप लगाएका हुन्।
उनले सदन सूचारु गरेर एमालेले आफ्नो धारणा राख्ने र सम्बन्धीत मन्त्रीहरूको जवाफका आधारमा आगामी कदम चाल्ने तयारी गरेपनि सरकार पक्ष नै सूचना टाँस गरेर सदन स्थगित गर्ने पक्षमा देखिएको बताए। कार्यव्यवस्था परामर्श समितिमा पनि कुनै पनि हालतमा उच्चस्तरीय छानविन समिति नबनाउने अडान सरकार पक्षले राखेको उनले बताए।
सोमबार सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः सूचना टाँस गर्दै स्थगन भएको छ। अर्को बैठक साउन २२ गते सोमबारका लागि बोलाइएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति