Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थकालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगन

कालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगन


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका स्टललाई प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउने विषयमा समिति र राष्ट्रिय किसान सञ्जालका प्रतिनिधिबीच कार्यदल बनाइ समस्या समाधान गर्ने सहमति भएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा सो सहमति जुटेको अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले जानकारी दिए । सहमतिमा समितिका तर्फबाट समितिका अध्यक्ष मदन भुजेल र सञ्जालका तर्फबाट सञ्जालका संयोजक नेपाल किसान महासङ्घका सभापति गणेशचन्द्र तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

सहमतिसँगै समितिको परिसरमा हुँदै आएको धर्ना स्थगन भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा बन्ने कार्यदलमा सञ्जालका प्रतिनिधि पनि रहनेछन् । सञ्चालले गत असार २४ मन्त्री भुसाललाई भटेरे ती विषयमा ध्यानाकर्षण गराएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

Techie IT