Techie IT
२०८१ मंसीर ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थप्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित


काठमाडौँ। प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणबस स्थगित भएको संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालले अवरोध जनाउने बताएपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले बैठक भोलिसम्मका लागि स्थगित गरेको बताइएको छ।

यसअघिको बैठकमा क्वीन्टल सुन तस्करी प्रकरणमा एमालेले गृहमन्त्रीको जवाफ माग्दै आएको छ। आजको बैठकमा पनि एमालेले सुन प्रकरणमा गृहमन्त्री नारायण काजी श्रेष्ठको जवाफ माग्ने तयारी गरेको थियो।

सोमबार बिहान संसदको अवरोध हटाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। छलफलका क्रममा प्रधानमन्त्री दाहालले सुन तस्करी प्रकरणबारे स्पष्ट जवाफ नदिएको भन्दै आज संसद चल्न नदिने एमालेले बताएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडाैँ । अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर)

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाली

पहिलो चौमासिकमा थपियो ८४ अर्ब सरकारी ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण

तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (रेमिट्यान्स) विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल

३ महिनामा ४ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो, विदेश जाने…

काठमाडाैँ । चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा चार खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल

चिया निर्यात ६९ प्रतिशतले बढ्यो

झापा । मेची भन्सार कार्यालय बाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ ।

Techie IT