गृहपृष्ठ ∕
राजनीति ∕
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ। सार्वजनिक लेखा समितिले १०० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गरेको छ। आइतबार बसेको लेखा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको १०० किलो सुन प्रकरणको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको हो।
जेष्ठ नागरिकका रुपमा समितिको सभापतित्व गरेका कांग्रेस सांसद अर्जुन नरसिंह केसीले १०० किलो सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न ध्यानाकर्षण गराएका थिए। बैठकमा एमाले सांसद योगेश भट्टराईले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका थिए।
एमालेका सचिव समेत रहेका भट्टराईले गृहमन्त्री र अर्थमन्त्रीमाथि समेत छानबिन गर्नुपर्ने भएको र उनीहरूमाथि प्रहरीले अनुसन्धान गर्न नसक्ने भन्दै उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका थिए। एमालेले सत्तारुढ दलका नेताको संलग्नता बाहेक विमानस्थलबाट सुन तस्करी हुन नसक्ने आरोप लगाउँदै आएको छ।
सुन तस्करी प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका
कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा
काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा. का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान
काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा