Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिजसपाद्वारा तमुवान मगरात आन्दोलन जागरण अभियान गठन

जसपाद्वारा तमुवान मगरात आन्दोलन जागरण अभियान गठन


काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले तमुवान मगरात आन्दोलन जागरण अभियान गठन गरेको छ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पहिचानमा आधारित प्रदेश संरचना निर्माणका लागि दबाब सिर्जना गर्न सो अभियान गठन गरिएको हो।

मगरात राष्ट्रिय समितिको विस्तारित बैठकबाट नरेश थापाको संयोजकत्वमा अभियानको घोषणा गरिएको उनले बताए। अभियानको सदस्यहरूमा मगरात राष्ट्रिय समितिका पदाधिकारीहरू, मगरात राष्ट्रिय समिति अन्तर्गतका प्रदेशस्तरीय भ्रातृसंगठनका प्रतिनिधिहरू, जिल्ला स्तरीय पार्टी तथा भ्रातृसंगठनका प्रतिनिधिहरू रहने छन्।

बैठकबाट सुस्मिता थापालाई मगरात राष्ट्रिय समितिको अध्यक्षमा चयन गरिएको छ। समितिको सदस्यहरूमा जगतकाजी गुरुङ, अर्जुन गुरुङ, इन्द्रबहादुर छन्त्याल, वसन्त थापा मगर, रवीन्द्र थापा, थकाली गुरुङ, नरेश थापा, निशा गुरुङ र भलबहादुर थापा मदनलाई समेटेर समितिलाई पूर्णता दिइएको छ।

त्यस्तै मगरात राष्ट्रिय समिति गण्डकी सञ्चालन कार्यविधि तथा निर्देशिका निर्माण कार्यदल समेत गठन गरेको छ। मगरात राष्ट्रिय समन्वय समितिका इन्चार्ज निर्मल जिसीको संयोजकत्वमा खडक आले, छविलाल राना, सुस्मिता थापा, नरेश थापा रहेको समिति गठन गरिएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT