Techie IT
२०८२ वैशाख १०, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिमा अहमता र घमण्ड नभई शालिनता हुनुपर्दछ’

‘नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिमा अहमता र घमण्ड नभई शालिनता हुनुपर्दछ’


नेपालगन्ज । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिमा शालिनता हुनुपर्ने बताएका छन् ।

एमालेको तर्फबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिका लागि नेपालगन्जमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले भने, “नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिमा अहमता र घमण्ड नभई शालिनता हुनुपर्दछ ।”

अहमता र घमण्डलाई त्यागेर जनप्रतिनिधिले शालिनताका साथ जनताको सेवामा लाग्न आग्रह गर्दै अध्यक्ष ओलीले अबको निर्वाचनमा हरेक तहमा ५१ प्रतिशत जनताको मत हासिल गर्ने गरी एमाले अगाडि बढेको बताए ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि सहभागी प्रशिक्षण कार्यक्रममा उनले जनप्रतिनिधिलाई सार्वजनिक सम्पत्तिको रक्षा गर्दै जनतालाई सरल र सहजरूपमा सेवा प्रवाहको अधिकतम् उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

नेकपा (एमाले) प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष विष्णु पौडेल, पार्टी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याललगायत जनप्रतिनिधिले जनताको काम सहज तरिकाले गरेर पार्टीलाई मजबुत बनाउन ध्यान दिनुपर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

Techie IT