Techie IT
२०८१ पुस २१, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिश्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग

श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग


काठमाडौँ। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम पारिश्रमिक बोर्ड मार्फत चाँडो श्रमिकको पारिश्रमिक तोक्न माग गरेको छ।

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी नेपालको श्रम ऐन, २०७४ ले श्रमिकको न्यूनतम पारिश्रमिक हरेक दुई÷दुई वर्षमा त्रिपक्षीय सहमतिका आधारमा निर्धारण हुने व्यवस्था गरेको स्मरण गराएका छन्। उनले सो प्रावधान अहिलेसम्म कार्यान्वयनमा नभएको जनाउँदै न्यूनतम पारिश्रमिक बोर्डमार्फत पारिश्रमिक तोक्न माग गरेका हुन्।

“साउनको दोस्रो हप्ता पुगीसक्दा पनि सरकारको तर्फबाट श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण हुन नसक्नु दुःखद् कुरा हो, तत्काल न्यूनतम पारिश्रमिक बोर्डको बैठक बोलाएर पारिश्रमिक तोक्न माग गर्दछौँ”, महासचिव राईले भने।

नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु २५ हजार तोक्न माग गर्दै प्रधानमन्त्री तथा श्रममन्त्रीलाई ‘एसएसएस’ पठाउने, प्रमुख जिल्ला अधिकारीमार्फत श्रममन्त्री र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने काम गरिसकेको छ।

महासचिव राईले सरकारले श्रमिकका मागलाई बेवास्ता गर्दा श्रमिक मारमा पर्नुका साथै सुमधुर औद्योगिक सम्बन्धमा समेत समस्या उत्पन्न भएको बताए। उनले श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारणमा ढिलाइ नगर्न सरकारलाई आग्रह समेत गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु

एजेन्सी । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रूसी युद्ध संवाददाताको मृत्यु हुनुका साथै अन्य चार जना सञ्चारकर्मी

पर्वतमा ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु

पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा १ जना महिलाको घटनास्थलमा मृत्यु भएको छ ।

देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन्:…

काठमाडौंं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति एकजुट भएकाले

रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ ।

एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने

वाशिङ्टन (अमेरिका) । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ ।

५ महिनामा ७ करोड राजस्व सङ्कलन

तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा ७ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक

Techie IT