Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थज्योति विकास बैंकको ‘सुपर स्मार्ट सेभिङ्ग्स’ बचत योजना सार्वजनिक

ज्योति विकास बैंकको ‘सुपर स्मार्ट सेभिङ्ग्स’ बचत योजना सार्वजनिक


काठमाडौँ । ज्योति विकास बैंकले ‘सुपर स्मार्ट सेभिङ्ग्स’ बचत योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात मात्र १५ रुपैयाँमा १५ महिनासम्म १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहितको निक्षेप योजना बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको हो ।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजरमा राखी ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै आर्थिक रुपले समृद्ध बनाउने उद्देश्यका साथ सुपर स्मार्ट सेभिङ्ग्स बचत खाता संचालनमा ल्याइएको हो । यस खाताले ग्राहकलाई बचतसंगै आईपीओमा लगानीको सुरुवात गर्न सहजता प्रदान गर्नेछ । हाल बजारमा उपलब्ध बचत खाताहरुमा पाईने सुविधाहरु भन्दा यस बचत खातामा ग्राहकहरुले दोब्बर सुविधाको लाभ पाउनेछन् ।

यस बचत खातामा ग्राहकहरुले न्यूनतम १५ रुपैयाँ मौज्दातमै १५ महिनासम्म १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहित पाउन सक्नेछन् । जसमा उच्चतम ७.५ प्रतिशत ब्याजदर, अन्य बैंकको एटीएमबाट महिनाको २ पटकसम्म निः शुल्क नगद निकासी, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क डेबिट कार्ड, मासिक व्याज भुक्तानी, निःशुल्क डिम्याट खाता तथा नवीकरण, निःशुल्क सि–आस्वा, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन र नवीकरण गर्न पाइनेछ ।

त्यस्तै, यस योजनामा मुद्दती खाता prematurity शुल्कमा ५० प्रतिशत छुट, वार्षिक लकर सुविधामा ५० प्रतिशत छुट तथा धितो रकममा ३० प्रतिशत छुट, निःशुल्क डलर कार्ड जारी, एफवाईसी एक्सचेञ्ज छुट/प्रिमियमः विदेशी मुद्रा विनिमय लेनदेनमा १५ पैसाको छुट/प्रिमियम मुद्दती खाता prematurity शुल्कमा ५० प्रतिशत छुट सुविधा रहेका छन् ।

सुपर स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १२१ शाखाहरु र अनलाइन मार्फत् पनि खोल्न सकिने छ । यो योजना बचत तथा लगानी संगै एउटै बचत योजनाबाट अधिकतम लाभ लिन चाहने सम्पूर्ण ग्राहकहरुका लागि उपयुक्त खाता भएको विश्वास बैंकले लिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना

काठमाडौँ । प्रभु बैंक लिमिटेडले यही भदौ २८ गते गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न

शेयर बजार ५७ अङ्कले घटेर २६ सय विन्दुभन्दा तल

काठमाडाैँ । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज

सुनको मूल्यले नयाँ रेकर्ड बनायो

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय

बैंकको ब्याजदर घट्यो

काठमाडाैँ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा सरदर शून्य

नेप्सेमा ५०.७३ अंकले गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५० दशमलब

सुनको भाउ एकैदिन तोलामा तीन हजार रुपैयाँले बढ्यो

काठमाडाैँ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै

Techie IT