Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिगृहमन्त्री श्रेष्ठको नैतिकतामाथि गम्भीर प्रश्न खडा भएको छः सांसद दाहाल

गृहमन्त्री श्रेष्ठको नैतिकतामाथि गम्भीर प्रश्न खडा भएको छः सांसद दाहाल


काठमाडौँ। राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नैतिकतामाथि गम्भीर प्रश्न खडा भएको बताएका छन्। बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद दाहालले यस्तो बताएका हुन्।

नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता समेत रहेका दाहालले सुन तस्करीमा उच्च तहको नेतृत्व संलग्नता रहेको दावी गर्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरे।

सुन प्रकरणको अनुसन्धानलाई छिटो अगाडि बढाउनुको साटो कुनै जवाफदेहिता लिनु नपर्ने गरी गृहमन्त्री श्रेष्ठ निकै चूर्तिफूर्तिका साथ विमानस्थल गएको भन्दै आपत्ती जनाए।

‘हात्ती सरहको १०० केजी सुन हवाई मार्गबाट भित्रिदा थाहा नपाउने सरकार खास गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेको छ। सिंगो विमानस्थलको सुरक्षा र भन्सारको सुरक्षा अवस्था कस्तो छ? यसको जवाफ कसले दिने हो। गृहमन्त्रीले होइन र अर्थमन्त्रीले होइन र सिंगो यो सरकारले दिने होइन र?’ बैठकमा बोल्दै उनले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

Techie IT