Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलभारत–पाकिस्तान खेलको मिति फेरिनसक्ने, दिल्लीमा बीसीसीआईको बैठक, केही घण्टामै निर्णय हुने

भारत–पाकिस्तान खेलको मिति फेरिनसक्ने, दिल्लीमा बीसीसीआईको बैठक, केही घण्टामै निर्णय हुने


एजेन्सी । विश्वकप २०२३ मा भारत र पाकिस्तानको भिडन्त कहिले ? यो करोडौं क्रिकेट फ्यानहरूको लागि ठूलो प्रश्न बनेको छ। आईसीसीले जुन २७ मा विश्वकपको तालिका सार्वजनिक गरेको थियो, जसअनुसार भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने भनिएको थियो । तर, अब खेलतालिका घोषणा भएको एक महिनापछि भारत–पाकिस्तान खेलको मिति नै परिवर्तनको चर्चा सुरु भएको छ ।

यो खेल अब १५ अक्टोबरको सट्टा १४ अक्टोबरमा हुन सक्ने बताइएको छ ।

यस विषयमा बिहीबार दिल्लीमा बीसीसीआईको ठूलो बैठक बस्दैछ ।

बीसीसीआईको यो बैठकमा के हुन्छ भन्ने ठूलो प्रश्न हो । उक्त बैठकमा भारत–पाकिस्तान खेलका बारेमा पनि छलफल हुने र त्यसपछि ठूलो निर्णय हुने बताइएको छ ।

अक्टोबर १४ मा न्युजिल्यान्ड र बंगलादेश, इंग्ल्याण्ड र अफगानिस्तानबीच पनि भिडन्त हुनेछ । यस्तो अवस्थामा भारत–पाकिस्तान खेल पनि अक्टोबर १४ मा हुने हो भने प्रशारण च्यानलमा पनि समस्या आउन सक्छ ।

यस खेलको समयतालिका परिवर्तन गर्दा पनि धेरै कुरा परिवर्तन गर्नुपर्ने हुन्छ । अर्थात् खेलाडीको होटल बुकिङदेखि उडान टिकटसम्म सबै परिवर्तन हुनेछ ।

यसबाट प्रसारकहरू मात्र नभई खेलाडीहरूलाई पनि समस्या हुनेछ । हजारौं फ्यानहरूले विश्वकपको तालिका घोषणासँगै भारत–पाकिस्तान खेलको टिकट बुक गरिसकेका छन् ।

यससँगै अहमदाबादका प्रत्येक होटल पनि बुक गरिएको छ।

अब म्याचको मिति परिवर्तन भयो भने धेरै फ्यानहरुले नोक्सानी भोग्नुपर्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT