Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमाले संसदीय दलको बैठक शुरु

एमाले संसदीय दलको बैठक शुरु


काठमाडौँ। नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अहिले बैठक बसिरहेको छ।

बैठकबाट एमालेले सुन तस्करीका विषयमा सरकारको जवाफ र गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरिरहेको छ। एमालेले सरकारका मन्त्रीहरूको संरक्षणमा लामो समयदेखि सुन तस्करी भएको भन्दै उपप्रधान तथा गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरेको हो।

दलको बैठकले थप रणनीति तय गर्ने बताइएको छ। गत बुधबार त्रिभुवन विमानस्थलबाट बरामद गरिएको १०० केजी सुन प्रकरणमा सरकारले प्रतिपक्षी दलहरुलाई आक्षेप लगाएको भन्दै एमाले रुष्ट छ।

यही प्रकरणमा एमालेले सरकारसँग धारणा माग्ने भएको छ। कम्बोडिया भ्रमणबाट फर्किने क्रममा सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गरेका थिए।

उनले गृहमन्त्रीको गैरजिम्मेवारीपनले हद नाघेको भन्दै आक्रोश पोखेका थिए। सुन प्रकरणमा केही सञ्चारमाध्यमहरुले व्यवसायी दीपक मल्होत्रा र एमाले अध्यक्ष ओलीलाई जोड्दै आएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT