Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनिर्वाचन आयोगलाई रवीन्द्र मिश्रको प्रश्नः कसरी हुन गयो यस्तो त्रुटि?

निर्वाचन आयोगलाई रवीन्द्र मिश्रको प्रश्नः कसरी हुन गयो यस्तो त्रुटि?


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले निर्वाचन खर्च विवरणबारे निर्वाचन आयोगले त्रुटि गरेको बताएका छन्। आफूले समयमै निर्वाचन खर्च विवरण बुझाउँदा पनि निर्वाचन आयोगले आफूलाई कारबाहीको सूचीमा राखेको भन्दै उनले दुःख व्यक्त गरेका हुन्।

आयोगले मंगलबार सूचना निकालेर २०७९ मंसिर ४ मा भएको निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको भनी मिश्रसहित २४ सय ३५ उम्मेदवारलाई जरिवाना तोकेर सार्वजनिक गरेको थियो। मिश्रको नाम समेत आएपछि उनले सामाजिक संजालमा पोस्ट गर्दै त्यसबारे आपत्ति जनाएका हुन्।

‘मैले निर्वाचन आयोगले तयार पारेको ‘खर्च विवरण’को फारम भरेर सो फारम निर्वाचन सकिएको दुई हप्तापछि नै अर्थात् २० मंसिर २०७९ मा काठमाडौँ क्षेत्र नं १ को निर्वाचन आयोगको कार्यालयमा आफैँ उपस्थित भई बुझाएको थिएँ’, मिश्रले विज्ञप्तिमा भनेका छन्, ‘खर्च विवरण निर्वाचन आयोगको कार्यालयले सोही मितिमा कार्यालयको छापसहित दर्ता नं १० तोकेर बुझिलिएको थियो, जसको प्रतिलिपि यसै विज्ञप्तिसाथ संलग्न गरेको छु।’

त्यसै दिन आफूले आफ्नो निर्वाचन खर्च विवरणबारे जारी गरेको प्रेस विज्ञप्ति प्रमुख सञ्चार माध्यमहरूमा प्रकाशन भएको पनि उनले उल्लेख गरेका छन्। विज्ञप्तिमा आफूलाई चुनावी अभियानमा शुभेच्छुकहरूबाट प्राप्त सहयोग रकम पनि उल्लेख गर्दै चुनावमा खर्च भएर बाँकी रहेको रु ८ लाख ५० हजार ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’मा राख्ने जानकारीसमेत गराएको मिश्रले उल्लेख गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT