Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलइमर्जिङ कपमा आराम दिइएका ३ खेलाडीले एसिया कपमा कमब्याक गर्ने

इमर्जिङ कपमा आराम दिइएका ३ खेलाडीले एसिया कपमा कमब्याक गर्ने


काठमाडौँ । आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले उद्घाटन खेलमै पाकिस्तानको सामना गर्नेछ । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ ।

अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्कामा छ । एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेपछि नेपाली टिम एसिया कपको तयारीका लागि श्रीलंकामा बसेको हो ।

इमर्जिङ कपमा समूह चरणबाटै बाहिरिएको नेपाल भारत ए र पाकिस्तानको ए टिमसँग पराजित भएको थियो भने युएईको ए टिमलाई हराएको थियो ।

नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार नेपाली टिमले श्रीलङ्कामा १५ दिनको विशेष प्रशिक्षण गर्नेछ । एसिसी इमर्जिङ टिम्स कप खेलेको टिमका तीन खेलाडी थप गर्दै नेपालले तयारी गर्ने भएको हो ।

इमर्जिङ टिम्स कपका लागि आराम दिइएका करण केसी, ज्ञानेन्द्र मल्ल र आरिफ शेखलाई टिममा समावेश गरिने क्यान स्रोतले जनाएको छ ।

साथै, हाल क्यानडामा ग्लोबल टी–२० खेलिरहेका दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने पनि एसिया कपको टोलीमा समावेश हुनेछन् । त्यसैले इमर्जिङ कप खेलको टिममा फेरबदल गर्दै एसिया कपका लागि पूर्ण टिम घोषणा गरिनेछ ।

भारत र पाकिस्तानको विवादका कारण यसपटकको एसिया दुई देशमा हुँदैछ । यस संस्करणको एशिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा हुनेछ । प्रतियोगिताका १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछ भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् ।

एशिया कपमा नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह बीमा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । प्रत्येक समूहका विजेता र उपविजेता टोली सुपर फोरमा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT