Techie IT
२०८२ वैशाख ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालअध्यक्ष ओलीसँग श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिबीच भेट

अध्यक्ष ओलीसँग श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिबीच भेट


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि त्यहा पुगेका अध्यक्ष ओलीले हिजो उनीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेको ओलीको सचिवालयले जनाएको छ। श्रीलङ्का पूर्वराष्ट्रपति सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन पनि निर्वाचनमा पर्यवेक्षणका लागि कम्बोडिया पुगेका हुन्।

यसअघि निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुगेका भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानीसँग पनि ओलीले भेटवार्ता गरेका थिए। अध्यक्ष ओलीले आज कम्बोडियामा भएको निर्वाचनमा तीन वटा मतदान केन्द्रमा पुगि पर्यवेक्षण गरेका थिए।

यहि साउन २ गते निर्वाचनको पर्यवेक्षकका लागि कम्बोडिया जानु भएका उनी आज स्वदेश फर्कने कार्यक्रम छ। अध्यक्ष ओलीसहित पत्नी राधिका शाक्य, एमाले उपमहासचिव विष्णु रिमाल त्यसतर्फ गएका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT