Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थविद्युतीय भुक्तानीलाई थप सहजीकरण गरिने

विद्युतीय भुक्तानीलाई थप सहजीकरण गरिने


काठमाडौँ। सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा विद्युतीय भुक्तानीका लागि थप सहजीकरण गरिनेभएको छ।

आर्थिक चलखेल रोक्नका लागि नेपाल राष्ट्र बैंकले विद्युतीय माधयमबाट भुक्तानीका लागि थप सहजीकरण गर्न लागेको जनाएको छ। जसबाट राजश्व सङ्कलन थप व्यवस्थित लक्ष्य लिइएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ, “सार्वजनिक सेवा प्रवाह हुने मुख्य कार्यालयहरुमा विद्युतीय भुक्तानीका उपकरणहरुको प्रयोग गरी राजस्व सङ्कलन गर्ने कार्यका लागि सहजीकरण गरिनेछ।”

यसैगरी केन्द्रीय बैकले यसअघि नै विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा गरेको अध्ययनका आधारमा थप कार्य अगाडि बढाउने भएको छ। सूचना प्रविधिलगायतका सेवा निर्यात गरे वापतको विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाइने चालु आवको मौद्रिक नीतिमा उल्लेख छ।

विद्युतीय भुक्तानीमा आबद्ध संस्थाहरुले गर्ने कारोबारको राफसाफ कार्यलाई ‘प्रिन्सिपल अफ फाइनान्सियल मार्केट इन्फ्रास्ट्रक्चर’सँग सामञ्जस्य हुने गरी यस बैंकको प्रणालीमार्फत फछ्र्यौट हुने व्यवस्था मिलाउने मौद्रिक नीतिमा उल्लेख छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालय पठाइयो

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय-परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। विधेयकमाथि

सुनको भाउमा नयाँ कीर्तिमान

काठमाडौं । तीजको दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी

इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूलाई स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । इन्टरनेट सेवा

शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति

काठमाडौँ । यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका

शेयर बजार आज पनि घट्यो

काठमाडाैँ । शेयर बजार आज पनि घटेको छ । हिजो ९० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १२

सुनको मूल्य चार दिनदेखि स्थिर

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य चार दिनयता स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार

Techie IT