काठमाडौँ । एनआरएनए क्यालिर्फोनियाको यहि जुलाई २२ तारेखमा हुन गइरहेको निर्वाचनमा कृष्ण बुढाथोकीले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
विगत ११ वर्षदेखि अमेरिकामा रहँदै आएका व्यवसायी कृष्ण बुढाथोकीले ‘नेपालीका लागि नेपाली’ नारासहित ७ बुँदे विभिन्न प्रतिवद्धता सहित उम्मेदवारी घोषणा गरेका हुन् । बुढाथोकीका समर्थकहरुले २ हजार मतदाता रहेको संघमा उनी ९० प्रतिशत मत ल्याएर विजयी हुने दाबी गरेका छन् ।
अमेरिकामा रहेका नेपालीहरुको हकहितको पक्षमा काम गर्दै आइरहेका बुढाथोकी एक कुशल गायक, कलाकार, साहित्य सर्जकका साथै समाजसेविको रुपमा पनि परिचित छन् । उनले गाएका दर्जनौँ बढि गितहरु युट्युबमा हिट छन् भने केहि गितहरुमा आफैंले अभियन समेत गरेर राम्रो कलाकारको छाप पनि छोड्न सफल भएका छन् ।
साहित्य सिर्जनमा पनि उतिकै रुचि राख्ने बुढाथोकीले नेपालका विभिन्न जिल्लाहरुमा रहेका दिनदुखी, पिडित, रोगिहरुलाई लाखौँ रुपैयाँ सहयोग गरेर नयाँ जिवन पनि दिएका छन् ।
राजनितिमा पनि उतिकै रुचि राख्ने बुढाथोकी अमेरिकामा रहे पनि नेपाली राजनितिलाई नजिकबाट नियाल्ने गरेका छन् । कुनै पनि राजनितिक दलमा आवद्ध नभएका उनी स्वतन्त्र अभियन्ताको छवि बनाएका एक बलिया एनआरएनए हुन् ।
हाल एनआरएनएमा आबद्ध रहेका बुढाथोकी देश, राष्ट्र र राष्ट्रियतालाई नेतृत्व गर्न सक्ने वास्तविक नेपाली हुन् । कोषाध्यक्ष पदमा आफू विजयी भए नेपालीको पक्षमा अभुतपुर्व काम गर्ने प्रतिबद्धता जनाएका छन् ।