काठमाडौँ ‘आईएमई पे’ ले ‘रेमिट्यान्समा उपहारको बहार’ नामक नयाँ अफर सार्वजनिक गरेको छ।
अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकवर्गलाई लक्षित गर्दै ‘आईएमई पे’ले यो अभियान सुरु गरेको जनाएको छ। यो अफर साउन महिनासम्म लागू हुने छ।
यो अफर अन्तर्गत विदेशबाट पठाइएको रेमिट्यान्सको रकम ‘आईएमई पे’ वालेटमा दाबी गरी प्राप्त गर्ने ग्राहकमध्ये प्रत्येक हप्ता एक भाग्यशाली विजेताले स्मार्टफोन पाउने छन्।
अफरको अन्त्यमा एक जना भाग्यशाली ग्राहकलाई बम्पर उपहार स्वरुप अत्याधुनिक प्रविधिको ल्यापटप समेत प्रदान गरिनेछ।
यस अफर अन्तर्गत रहेका साप्ताहिक तथा मासिक विजेताहरुको पुरस्कार वितरणको तस्वीर तथा भिडियो ‘आईएमई पे’को सामाजिक सञ्जालमा प्रकाशन गरिने छ।
यो अफर ग्राहकवर्गलाई विद्युतीय माध्यम मार्फत सहजै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गरी विद्युतीय भुक्त्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ सुरू गरिएको कम्पनीले जनाएको छ।