Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनगत आर्थिक वर्षमा सर्वाधिक कमाउने चलचित्र ‘छक्का पञ्जा ४’, दोस्रोमा ‘जारी’

गत आर्थिक वर्षमा सर्वाधिक कमाउने चलचित्र ‘छक्का पञ्जा ४’, दोस्रोमा ‘जारी’


काठमाडौँ। चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९/८० बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ। बोर्डबाट प्रदान भएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको हो।

कलेक्शनसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्री सङ्ख्यासहितको विवरण पनि सार्वजनिक गरिएको छ।

बोर्डका अनुसार नेपालमा गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी चलचित्रहरू रिलिज भएका छन्। स्वदेशी चलचित्रहरूले २७ लाख १६ हजार २१७ थान टिकट बिक्री गरेका थिए। त्यसक्रममा नेपाली चलचित्रले कुल ग्रस व्यापार ७६ करोड ७२ लाख ५७ हजार १ रुपैयाँ गर्न सफल भएका छन्।

विकास बोर्डका अनुसार दीपकराज गिरी र दीपाश्री निरौलाद्वारा निर्मित छक्का पञ्जा ४ ले १७ करोड ५२ लाख ९९ हजार १५९ रुपैयाँ कलेक्शन गर्न सफल भएको छ। त्यस्तै प्रदर्शनमा रहेको दयाहाङ राई र मिरुना मगर अभिनित जारीले १७ करोड १७ लाख ९ हजार ५१८ रुपैयाँ कमाइ गर्न सफल भएको छ।

प्रदीप खड्का अभिनित प्रेमगीत ३ ले ७ करोड ७० लाख ३५ हजार ५५८ रुपैयाँ कमाउन सफल भएको छ।

त्यस्तै, गत आर्थिक वर्षमा ७८ वटा विदेशी चलचित्रहरू नेपालमा प्रदर्शन भएका छन्। यी चलचित्रहरूको २५ लाख ८५ हजार ६०२ थान टिकट बिक्री गरेर कुल ग्रस व्यापार ७९ करोड ४३ लाख ४ हजार ७४८ गर्न सफल भएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT