Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिगठबन्धन दललाई चित्त दुख्ने गतिविधि नगर्न कांग्रेस पंक्तिलाई खड्काको आग्रह

गठबन्धन दललाई चित्त दुख्ने गतिविधि नगर्न कांग्रेस पंक्तिलाई खड्काको आग्रह


काठमाडौँ। उपप्रधान मन्त्री तथा कांग्रेस उपसभापति पुर्णवहादुर खड्काले गठबन्धनका दलहरुलाई चित्त दुख्ने र भड्किने खालका कुनै पनि गतिविधि नगर्न केन्द्रीय समितिमा आग्रह गरेका छन्। मंगलबार सुरु भएको केन्द्रीय कार्य समिति बैठकमा बोल्दै खड्काले यस्तो बताएका हुन्।

खड्काले सरकारका काम कारवाहीको बारेमा प्रतिवेदन पेश गर्दै उपप्रधानमन्त्री खड्काले निकै मेहनत गरेर गुमि सकेको सत्तामा कांग्रेसलाई फर्काइएको समेत स्मरण गरे।

कांग्रेस सबै तहमा गठबन्धनको ठूलो दल भएकाले कांग्रेसको भूमिकाले अन्य दललाई विश्वासमा लिएर जाने वातावरण बनाउने र प्रतिपक्षलाई समेत साथमा लिएर जाने दायित्व कांग्रेसको रहेको बताए।

खड्काले भने– ‘प्रतिकुल अवस्थामा हामीले हाम्रो सभापतिको नेतृत्वमा एक झड्कामा भत्किएर निराशा भएको मतदाता,पार्टी पंक्तिलाई २ महिना ठूलो मेहनतका साथ नयाँ विश्वास स्थापित गरे अनि अन्यत्र अविश्वास खडा गरेर हाम्रो नेतृत्वमा जुन परिस्थिति निर्माण भएको छ यसलाई सच्याउने र सुधार्ने कुरामा लागौं। तर मेरो आग्रह छ हाम्रा गतिविधि र बोलीबाट यो राजनीतिक परिस्थिति भत्किने र बिग्रने तहमा पुग्नेगरी जान हुन्न।’

खड्काले कांग्रेसलाई सत्तामा फर्काउन ठूलो मेहनत लागेको भन्दै यसलाई बुझ्न समेत आग्रह गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

Techie IT