Techie IT
२०८१ असार २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालले सिंगापुरलाई ८ विकेटले हरायो

नेपालले सिंगापुरलाई ८ विकेटले हरायो


काठमाडौँ। टी–२० विश्वकप फाइनल एसियामा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले सिंगापुरलाई हराउँदै सुखद सुरुवात गरेको हो।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टाएको हो।

नेपालको लागि कुशल भुर्तेलले अर्धशतक बनाए। ओपनर भुर्तेलले ७४ रन जोडे। उनले ४८ बलको सामना गर्दा ८ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले २७ रन बनाए। उनले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे।

त्यस्तै, कप्तान रोहित पौडेलले २४ बलमा नटआउट ३५ रन जोडे भने १ बल सामना गरेका कुशल मल्लले छक्का प्रहार गरेर नेपालको जित निश्चित गरेका हुन्।

टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो। सिंगापुरको लागि सर्वाधिक रोहन रंगराजनले १ छक्का र ८ चौकाको मदतमा ४६ रन जोडे। त्यस्तै आर्यभिर चौधरीले ३७ रन, मनप्रित सिंहले २४ रन, अक्षय पुरीले १३ रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन्।

सिंगापुरविरुद्ध नेपालका अभिनास बोहोराले ३ विकेट लिए। त्यस्तै, करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले सामान २–२ विकेट लिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कुमार राई यु-२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ । कुमार राईलाई यु–२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेदारी दिइएको छ । नेपाल भलिबल संघ (एनभिए) ले

पेरिस पारा ओलम्पिकमा भीमबहादुर कुमालले पाए ‘वाइल्ड कार्ड’

काठमाडौँ । नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारा ओलम्पिक २०२४ खेल्ने भएका छन् । पारा ओलम्पिक फ्रान्सको पेरिसमा

सातौँ एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी रितिका बनिन् ‘बेस्ट फाइटर’

काठमाडौँ । सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी रितिका दर्नालले महिलातर्फ बेस्ट फाइटरको अवार्ड जितेकी छन् । भारतको

नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना हुँदै

काठमाडौँ । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टिम

काठमाडौँ । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन्

दीपेन्द्रसिंह ऐरी पुगे ‘अलराउन्डर’को छैठौँ नम्बरमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । यसअघि

Techie IT