Techie IT
२०८१ असार २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिपौडेललाई वर्षमानको जवाफः जनयुद्ध दिवस मनाउने निर्णय हुँदा तपाई उपप्रधानमन्त्री हुनुहुन्थ्यो

पौडेललाई वर्षमानको जवाफः जनयुद्ध दिवस मनाउने निर्णय हुँदा तपाई उपप्रधानमन्त्री हुनुहुन्थ्यो


काठमाडौँ। जनयुद्ध दिवस मनाउनेबारे नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई जवाफ दिएका छन्।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले उपाध्यक्ष पौडेलले जनयुद्ध सुरू भएको दिनलाई उत्सवका रुपमा लिन नसकिने बताएका थिए। उनले जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने निर्णय फिर्ता लिन आग्रह गरेका थिए। फिर्ता लिन नसके सदनमा प्रस्ताव ल्याउन उनले चुनौती दिएका थिए।

जवाफमा माओवादीका उपमहासचिव पुनले एमाले समेत सहभागी सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको स्मरण गराए।

‘जनयुद्ध दिवसको बारेमा म स्मरण गराउन चाहन्छु (माघ १९ गते त्यो निर्णय भएको रहेछ। पूर्व वक्ता (विष्णु पौडेल) माननीय ज्यू उपप्रधानमन्त्री हुनुहुँदो रहेछ। त्यही मन्त्रिपरिषदले निर्णय गरेको रहेछ’ पौडेललाई पुनले जवाफ फर्काए। आफैँले निर्णय गर्ने र अर्को ठाउँमा पुगेर आलोचना गर्ने संस्कार गलत भएको उनको भनाई छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । महाधिवेशनमा केन्द्रीय कमिटी

ललितपुरबाट सुन, सुन गाल्ने मेशिन र ५० लाख नगदसहित ५…

काठमाडौँ । अवैध सुन कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले पाँच जनालाई पक्राउ गरेको छ । ललितपुर उपमहानगरपालिका–१४

राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित

काठमाडौँ । राष्ट्रिय सभाबाट आउँदो आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले सरकारमाथिको

‘गरिबका छोराछोरी मात्रै सामुदायिक विद्यालयमा पढ्छन् भन्ने होइन’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेता र पहुँच हुनेका सन्तान निजी विद्यालयमा पढ्ने गरेको बताएकी छन्

सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेद्वारा संसद्लाई जानकारी

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ । पार्टी

Techie IT