News | Tag: gun fire
कसैले आतंक मच्चाउन खोजे प्रजिअको आदेशमा गोली ठोक्न सकिने
4 years agoकाठमाडौँ । कतै हुलदङ्गा वा शान्ति सुरक्षा भंग हुने गरी कसैले आतंक मच्चाउन खोजे अनुमति लिई घुँडामुनि मात्र गोली चलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने गरी गृह मन्त्रालयले नयाँ विधेयक तयार पारेको छ।
तराईका आपराधिक समूहले ‘टाउको उठाउने’ तयारी गरेपछि देख्नेवित्तिकै गोली हान्ने रणनीतिमा प्रहरी
4 years agoकाठमाडौँ । तराईका जिल्लामा पेसेवर रुपमा आपराधिक गतिविधिमा संलग्नविरुद्ध प्रहरीले आक्रामक कारबाही सुरु गरेको छ। केही आपराधिक समूहले ‘टाउको उठाउने’ तयारी गरेको सूचना प्राप्त भएको भन्दै प्रदेश २ र ५ मा प्रहरीले गम्भीर किसिमका अपराधमा संलग्नलाई देख्नेवित्तिकै गोली हान्ने रणनीति लिएको छ।
ड्युटीमा रहेका हवल्दारलाई गोली प्रहार
4 years agoकाठमाडौँ । ड्युटीमा रहेका सप्तरी प्रहरीका एक हवल्दारमाथि बुधबार साँझ गोली प्रहार भएको छ।
फ्रान्सको क्रिसमस बजारमा गोली चलाउने को ?
4 years agoपेरिस । फ्रान्सको एक शहरमा क्रिसमस बजारलाई लक्ष्यगरी मङ्गलबार भएको आतङ्ककारी आक्रमणलाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमणको रुपमा लिइएको छ । मङ्गलबार राति फ्रान्समा एक क्रिसमस बजारमा बन्दुकधारीले गोली चलाउँदा चार व्यक्तिको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
ड्युटीमा रहेका सेनाका जवान आफैँले चलाएको गोली लागेर गम्भीर घाइते
4 years agoदुनै । डोल्पामा एकजना नेपाली सेनाका जवान आफैँले चलाएको गोली लागेर सख्त घाइते भएका छन्। बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन्। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफैँले गोली चलाई घाइते भएका थिए। आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डा अनुप मंगल समालले जानकारी दिए।
खेलिरहेका रोहिंग्या बालकमाथि गोली प्रहार
4 years agoबंगलादेश । म्यानमारको सिमानामा खटिएका सुरक्षाकर्मीले रोहिंग्या बालकमाथि गोली प्रहार गरेका छन्। सुरक्षाकर्मीको गोली लागि १० बर्षीय बालक अन्सार उल्लाह घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्। बंगदेशसँग र म्यानमारको सिमानामा रहेको निषेधित क्षेत्रमा खेलिरहेका बालकमाथि गोली प्रहार गरेको बताइएको छ।
लुटेरा खुडेलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो
4 years agoकाठमाडौं । काठमाडौंको बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे भनिने सिन्धुपाल्चोक, बाह्रबीसेका अमरबहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए । अमर खुट्टामा गोली लागी घाइते भएका छन् ।
Page 1 of 1
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।