News | Tag: covid 19
नेपालमा थप ७४३ जनामा कोरोना पुष्टि
1 year agoकाठमाडौँ । नेपालमा थप ७४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कूल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।
राहत कोषमा साढे एघार लाख सङ्कलन
2 years agoवालिङ । वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड–१९ राहत कोषमा साढे एघार लाख सङ्कलन भएको छ ।
आजदेखि सुर्खेतमा कोरोनाको परीक्षण
2 years agoसुर्खेत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै आजदेखि सुर्खेतमा यसको परीक्षण शुरु हुने भएको छ । वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला आजदेखि सञ्चालनमा आउने भएको हो । प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले कर्णालीका सबै जिल्लाबाट कोरोना आशङ्कित बिरामीको नमूना सङ्कलन गरी यहाँबाटै परीक्षण गरिने बताए ।
कोरोना भाइरसबाट ४७ हजार २४९ को मृत्यु
2 years agoएजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४७ हजार २४ढ पुगेको छ । पछिल्लो विवरणअनुसार संसारभरि नौ लाख ३६ हजार ५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।
सल्यानका तीन जनामा कोरोना ‘नेगेटिभ’
2 years agoसल्यान । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा सल्यानका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । बनगाड कुपिण्डे नगरपालिका–१२ निगाल्चुलाका दुई र छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका एकको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो । तीनै जनालाई उच्च ज्वरो देखिएपछि उनीहरुको स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएकामा कोरोना रिपोर्टमा नेगेटिभ देखिएको सल्यान अस्पतालका प्रमुख डा अर्जुन बुढाले जानकारी दिए ।
हात धोएर मात्र गाउँपालिका प्रवेश
2 years agoचितवन । चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बाहिर जिल्लाबाट आउनेलाई हात धोएर मात्र प्रवेश गर्न दिएको छ । गाउँपालिका भित्रिने नाकामा साबुनपानीसहित स्वास्थ्यकर्मी खटाइएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए ।
Page 1 of 1
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।