News | Tag: भानुभक्त ढकाल

कोरोना भइरसका बिरामीलाई छुट्टै उपचार केन्द्र : मन्त्री ढकाल

8 months ago

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएको बताएका छन् । आज उनले दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई सङ्क्रमण गराउन सक्ने भएकाले व्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोच बनाइएको बताए ।

एउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैन : स्वास्थ्यमन्त्री

9 months ago

कञ्चनपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएका छन् । शुक्लाफाँटा नगरपालिका–४ असैंना स्वास्थ्यचौकीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै औजारमा करोडौँ कमिसन खाने कार्यले स्वाथ्य क्षेत्र बन्दैन भने । पिपलाडी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउने घोषणा भइसकेको बताउँदै उनले सरकारबाट औजार, भवन, चिकित्सक, औषधिलगायत के कुरा चाहिएको हो, ठोस प्रस्ताव लिएर आउनु होस्, त्यो पूरा गर्न आफू तयार रहेको छु भने ।

पार्टीले सहमतिमै सभामुखको उम्मेदवार चयन गर्ने मन्त्री ढकालको भनाई

9 months ago

दमौली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सभामुख चयनको विवाद पार्टीको संसदीय दलको बैठकले टुङ्गो लगाउने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शुक्लागण्डकी नगर कमिटीले तनहुँको दुलेगौँडामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री ढकालले सभामुख चयनको विवाद अब धेरै दिन नरहने बताए ।

‘आयोगलाई नियन्त्रण गरौँ भन्ने मनसाय सरकारको छैन’

10 months ago

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले लोकसेवा आयोगलाई बन्देज लगाउने, सङ्कुचित बनाउने तथा विश्वसनीयता र जवाफदेहितामा कुनै प्रश्न उठ्ने अप्ठेरो परिस्थिति सिर्जना नगर्न सरकार सजग रहेको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको आयोगसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले बदलिएको परिस्थितिमा पनि आयोगले प्राप्त गरिरहेको विश्वासमा कुनै कमी आउन दिनुहुन्न भन्नेमा सरकार पूर्ण सचेत छ भने ।

‘सबै मिलेर सेवाभावले काम गरौँ’

10 months ago

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको निरीक्षण गरी जनतालाई प्रत्यक्ष सेवा दिने अस्पतालजस्तो सेवा प्रदायक संस्थामा राजनीति नगर्न आग्रह गरेका छन् । “म अस्पतालजस्तो क्षेत्रलाई कोही कसैको नभनी काममा लगाउँछु । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी छ ।

समग्र स्वास्थ्य सेवामा थप सुधार ल्याउँछु : स्वास्थ्यमन्त्री ढकाल

11 months ago

काठमाडौँ । नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा पुर्‍याउन र समग्र स्वास्थ्य सुधार गर्न आफूले पहिलो ध्यान दिने बताएका छन् । आज मन्त्रालयमा पदभार ग्रहण गर्दै गुणस्तरीय स्वास्थ्य सेवा जनतालाई सुलभरूपमा प्रदान गर्न अझ ध्यान दिएर काम कर्मचारीलाई निर्देशन दिए ।

संवैधानिक आयोगलाई व्यवस्थित गर्ने विधेयक चाँडै आउँछ : कानुनमन्त्री ढकाल

1 year ago

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संवैधानिक आयोगलाई निश्चित अधिकार तोकिएको र त्यसैमा रहेर उसले कामकारवाही गर्नुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री ढकालले केही समय अघि सङ्घीय संसद्मा दर्ता भएको राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयकका सन्दर्भमा आयोगले ‘सरकारले सिफारिश कार्यान्वयन नगर्दा कारवाही (जरिवानासमेत) गर्ने’ व्यवस्था हटाइएको बताए ।

कानुन निर्माणका सन्दर्भमा २०७५ साल युगिन वर्ष : कानुनमन्त्री ढकाल

1 year ago

भरतपुर । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माण र कार्यान्वयनका सन्दर्भमा वि.सं. २०७५ युगीन वर्ष भएको बताएका छन् । भरतपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले संविधानअनुरुप सङ्घीयतालाई बलियो बनाउन यो वर्ष कानून निर्माणको ऐतिहासिक वर्ष भएको बताए । उनले ३३९ कानूनमध्ये अधिकांश कानूनलाई संविधान र सङ्घीयताअनुरुप बनाउने काम गरिएको जानकारी दिए ।

कानुन निर्माणका दृष्टिले २०७५ साल युगीन वर्ष : कानूनमन्त्री ढकाल

1 year ago

रुपन्देही । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माणका हिसाबले २०७५ साल युगीन वर्ष हुने बताएका छन् । कानून निर्माणका क्रममा स्रोत परिचालन र बाँडफाँटमा देखिएको अन्योल हटाउन आज बुटवलमा आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री ढकालले सङ्ख्याका हिसाबले मात्र नभई गुणात्मक हिसाबले यसवर्ष उत्कृष्ट कानून बनेको प्रष्ट पारे ।

असोज २ को समयसीमालाई ख्याल गरी कानून निर्माण गरिनेः कानूनमन्त्री ढकाल

2 years ago

काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी असोज २ गतेअगावै आवश्यक कानून निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले आगामी असोज २ गतेभित्र सबै कानून निर्माण नगरे मुलुकमा संवैधानिक र कानूनी जटिलता आउन सक्ने पक्षलाई मध्यनजर गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

Page 3 of 4

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।