News | Tag: भानुभक्त ढकाल

स्वास्थ्यमन्त्री ढकालको दोस्रो कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ

5 months ago

काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ । मन्त्री ढकालले कोरोना संक्रमितसँग भेट गरेपछि मन्त्री ढकालको स्वाव परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । कोरोना संक्रमित दुईजनासँग भेट गरेपछि मन्त्री ढकालको आइतबार स्वाव निकालेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले बताए।

कोरोना संक्रमितसँग जम्काभेट भएपछि स्वास्थ्यमन्त्री ढकालको स्वाव परिक्षण

5 months ago

काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र एक कोरोना संक्रमितबीच भेट भएपछि उनको कोरोना परिक्षणको लागि स्वाब निकालिएको छ । मंगलबार मन्त्री ढकालको स्वाब निकालिएको हो । स्वास्थ्य सचिव यादव कोइरालाले दिएको जानकारी अनुसार मन्त्री ढकाल र कोरोना संक्रमितबीच भेट भएको थियो ।

सांसदको परीक्षणलाई लिएर सञ्चारमाध्यमा गलत प्रचार भएको मन्त्री ढकालको भनाई

5 months ago

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना भाइरस (कोभिड–१९)को पिसिआर प्रविधिबाट परीक्षणलाई प्राथमिकता राखेको बताएका छन् । मन्त्रालयमा आज आयोजित सङ्घीय संसद्का सांसदसँग मन्त्रालयको नीति तथा कार्यक्रम सुझाव सङ्कलनका क्रममा उनले पिसिआर परीक्षणका लागि पर्याप्त किट भएको जानकारी दिए ।

लकडाउन खुकुलो बनाउने विषयमा आन्तरिक गृहकार्य गर्दै सरकार

5 months ago

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले लकडाउन केही खुकुलो हुने संकेत गरेका छन् । शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा बोल्दै मन्त्री ढकालले वैशाख २५ पछि दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझाबहरु आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको उनले बताए ।

कसरी बित्छ स्वास्थ्यमन्त्री ढकालको दैनिकी ?

6 months ago

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) गरेको आज चौधौँ दिन हो । लकडाउनको १४ औँ दिन पुग्दा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको पनि दैनिकी बद्लिएको छ । उनको अहिलेको दैनिकी मन्त्रालयमा गएर त्यहाँका कर्मचारीसँग छलफल गर्ने मात्र नभएर कोभिड–१९ नियन्त्रणका लागि के गर्न सकिन्छ, त्यसमा स्वास्थ्यविज्ञसँग निरन्तर छलफलमा केन्द्रित हुने गरेको छ ।

वसन्त चौधरी फाउन्डेसनद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

6 months ago

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले सहयोग गरिरहेको बताएका हुन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी

6 months ago

काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कोरोना भाइरस (कोभिड– १९) को संक्रमण नियन्त्रणको लागि बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामग्री खरिद गरिएको भन्दै मन्त्री ढकालविरुद्ध उजुरी परेको हो ।

औषधिजन्य सामग्रीको खरिदमा भएको अनियमितताबारे स्वास्थ्यमन्त्री ढकालले यसो भने

6 months ago

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको स्पष्ट पारेका छन् । मन्त्रालयमा आज रासस र गोरखापत्रसँग कुरा गर्दै उनले रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट सामग्री ल्याइएको हो भने । हिजो र आजको दर देखाएर अनियमिता गर्यो भन्ने कुरा जायज नभएको उनको भनाइ थियो ।

मन्त्री ढकाल ट्वाँ !

7 months ago

काठमाडौं । राष्ट्रियसभाको बैठकमा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस भित्रिन नदिन सरकारको आन्तरिक तयारी के–के भईरहेको छ भन्ने जानकारी दिए ।

चीनमा रहेका विद्यार्थीको उद्धारबारे मन्त्री ढकालले यसो भने

8 months ago

काठमाडौँ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा चीनबाट फैलिएको कारोना भाइरसको बारेमा छलफल भएको छ । बैठकमा सांसदहरुले चीनमा अलपत्र परेका नेपाली विद्यार्थीहरुको उद्धारको बारेमा प्रश्न गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संक्रमण नियन्त्रणको लागि सरकारले तयारी गरिरहेको बताए ।

Page 2 of 4

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।