News | Tag: भानुभक्त ढकाल

सरकार देश र जनताको काममा केन्द्रित छः मन्त्री ढकाल

3 days ago

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रित रहेको बताएका छन् । सोह्रौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवं बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औँ वार्षिकोत्सव समारोहलाई भर्चुल माध्यमबाट सम्बोधन गर्दै उनले सरकार कुरामा भन्दा पनि काममा विश्वास गरेर अघि बढिरहेको दावी गरे ।

परिवारका सदस्यमा कोरोना पुष्टि भएपछि स्वास्थ्यमन्त्री ढकाल पुनः होम क्वारेन्टिनमा

1 week ago

काठमाडौँ । मन्त्री ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीका अनु सार मंगलबार वा बुधबारतिर मन्त्री ढकालको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्ने तयारी भएको छ । मन्त्री ढकालले मन्त्री क्वाटरबाटै मन्त्रालयका काम गरिरहेका छन् । तर, नियमित भेटघाट भने बन्द गरेका छन् ।

मन्त्री ढकालद्वारा कोरोना जितेर फर्किएकासँग अन्तरक्रिया

2 weeks ago

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा कार्यरत कर्मचारीमध्ये कोरोना जितेर फर्किएकासँग अन्तरक्रिया गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेतृत्व गरिरहेका मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि उनले यसअघि सम्बन्धित कर्मचारीसँग फोनमा पनि कुराकानी गरेका थिए ।

स्वास्थ्यमन्त्री ढकालको परिवारका सदस्यलाई कोरोना

3 weeks ago

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनको परिवारलाई कोरोना देखिएपछि मन्त्री ढकाल होम क्वारेन्टिनमा बसेका छन् । उनले हाल घरैबाट मन्त्रालयको काम गरिरहेका छन् । उनी तीन दिनदेखि होम क्वारेन्टिनमा रहेका हुन् ।

हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना : मन्त्री ढकाल

1 month ago

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्व स्तनपान सप्ताह २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना गरिएको जनाएका छन् । आमाको दूध बच्चाका लागि अमृत समान मानिन्छ भने बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो । “शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो बिगौती दूधमा रोगसँग लड्ने एक प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ ।

तेजाव प्रहारबाट घाइते युवतिलाई मन्त्री ढकालले भनेः घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ

2 months ago

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन् । मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताए । ‘तपाईँको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ’, पीडितसित कुरा गर्दै उनले भने, “घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ ।”

स्वास्थ्यको क्षेत्रमा इतिहासकै सबैभन्दा उत्कृष्ट नीति तथा कार्यक्रम आएको छः मन्त्री ढकाल

2 months ago

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्यको क्षेत्रमा इतिहासकै सबैभन्दा उत्कृष्ट नीति तथा कार्यक्रम आएको बताएका छन् । मंगलबार मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्था र ट्रेड युनियनका प्रतिनिधिसँगको छलफलको क्रममा मन्त्री ढकालले नीति तथा कार्यक्रममा उल्लेख भएका विषय कार्यान्वयनमा लैजाने बताएका हुन् ।

सरकारविरुद्धको प्रदर्शनबारे स्वास्थ्यमन्त्री ढकाल भन्छन्ः राजनीति मिसियो

3 months ago

काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पछिल्लो केही दिनयता सरकारविरुद्ध भएको प्रदर्शनमा राजनीति मिसिएको अभिव्यक्ति दिएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयमा कान्ति बाल अस्पतालको ई–टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले कोरोना महामारीमा राजनीति घुसाइएको प्रतिक्रिया दिएका हुन् ।

गम्भीर प्रकृतिका संक्रमितलाई मात्रै अस्पताल भर्ना गरिने स्वास्थ्यमन्त्री ढकालको भनाई

3 months ago

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई मात्रै अस्पताल भर्ना गरिने बताएका छन् । बुधबार चु जी फाउण्डेशनले उपलब्ध गराइएका भेन्टिलेटरसहितका सामग्री बुझ्दै मन्त्री ढकालले उक्त कुरा बताएका हुन् । नेपालमा पछिल्लो समय संक्रमितको दर बढेको कारणले गर्दा अतिसंवेदनशिल बिरामीलाई मात्रै अस्पतालमा उपचार गरिने उनको भनाई छ ।

स्वास्थ्यमन्त्री ढकालको दोस्रो कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ

4 months ago

काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ । मन्त्री ढकालले कोरोना संक्रमितसँग भेट गरेपछि मन्त्री ढकालको स्वाव परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । कोरोना संक्रमित दुईजनासँग भेट गरेपछि मन्त्री ढकालको आइतबार स्वाव निकालेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले बताए।

Page 1 of 3

पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।