News | Tag: प्रचण्ड

मदन–आश्रित स्मृति दिवस : मुलुकको मुहार बदल्ने सङ्कल्प

11 months ago

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेशबमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ सङ्कल्पित रहेको जनाएका छन् ।

कोरोना सङ्कटले नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको प्रचण्डको भनाई

11 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस महामारीको सङ्कटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी शिक्षकहरुका लागि आयोजना गरिएकोे पाँचदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको भिडियो संवादमार्फत आज उद्घाटन गर्दै उनले भने,

लिपुलेकको समस्यालाई दुई देशले मात्रै हल गर्न अप्ठ्यारो हुने प्रचण्डको तर्क

11 months ago

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यबहाक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेकको सीमा विवादमा चीन पनि सहभागी भएको भन्दै समस्या त्रिदेशीरुपमा हल गर्नुपर्ने बताएका छन् । आइतबार सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले लिपुलेकमा भारत–चीनबीच सम्झौता भएको हुनाले यो समस्यालाई दुई देशले मात्रै हल गर्न अप्ठ्यारो हुने तर्क गरेका छन् ।

माक्र्स एक हजार वर्षयताकै महान् दार्शनिकः अध्यक्ष दाहाल

11 months ago

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०२औँ जन्म दिवसका अवसरमा आज शुुभकामना व्यक्त गरेका छन् ।

नेता नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

11 months ago

काठमाडौँ । शनिबार बस्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा पुगेका हुन् । भेटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीपछि चिनियाँ राजदूतद्वारा प्रचण्ड र नेपालसँग भेट

11 months ago

काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ट नेता माधवकुमार नेपालसँग भेट गरेकी छिन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी यान्छीले शुक्रबार प्रचण्ड र नेपालसँग भेट गरेकी हुन् । नेकपामा बढ्दो विवादसँगै राजदूत यान्छीले शीर्ष नेतासँगको भेटलाई तीव्रता दिएकी हुन् ।

बालुवाटारमा ओली–प्रचण्ड भेट्दै

11 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच बालुवाटारमा वार्ता हुने भएको छ । पछिल्लो समय ओली समूह दवावमा परिरहेको बेला अध्यक्ष प्रचण्डलाई ओलीले बालुवाटारमा बोलाएका हुन् । सोमबार दिउँसो वरिष्ठ नेता माधवकुमार नेपाल तथा उनि निकट नेताहरुसँग भेटवार्ता गरिरहेका ओली तथा उनका समूहले मंगलबार दिउँसो १ बजे प्रचण्डसँग भेट गर्न लागेका हुन् ।

खुमलटारमा प्रचण्ड र खनालबीच पनि छलफल

11 months ago

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। सोमबार दिउँसो प्रचण्ड निवास खुमलटार दुई नेताबीच झण्डै २ घण्टा छलफल भएको हो । कोटेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय नेताहरुबीच वार्ता भइरहँदा प्रचण्ड र खनालबीच पनि खुमलटारमा वार्ता भएको हो ।

गौतम निवासमा प्रचण्डसहित ६ सचिवालय सदस्यको भेला

11 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ६ जना सचिवालय सदस्य भेला भएर स्थायी कमिटी बैठक बस्नुपर्ने निश्कर्ष निकालेको छ । बिहीबार भैसेपाटीस्थित उपाध्यक्ष बामदेब गौतमको निवासमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल सहभागी भेलाले समग्र परिस्थितिको समीक्षा गर्न र आगामी कार्यभार तय गर्नका लागि सचिवालयको र स्थायी कमिटीको बैठक बस्नुपर्ने निश्कर्ष निकालेको हो ।

सरकारलाई साथ दिन प्रचण्डको आह्वान

1 year ago

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरभित्रै बसेर कोरोना भाइरसविरुद्धको लडाई‌ं जित्न सरकारलाई साथ दिन आह्वान गरेका छन् । शनिबार प्रचण्डले भिडियो सन्देशमार्फत् जनतालाई घरमै बस्न र सुरक्षित रहन आग्रह गरेका हुन् । प्रचण्डले सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै आधिकारिक सूचनाले मात्रै जोखिमबाट जोगिन सकिने भएकाले सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्न सबैलाई अपिल गरेका हुन् ।

Page 20 of 27

पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।