News | Tag: प्रचण्ड–नेपाल

अविश्वासको प्रस्तावबारे यसो भन्छन् माधव नेपाल

3 hours ago

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अविश्वास प्रस्ताव सम्बन्धमा संसद् सचिवालयले निर्णय गरी प्रक्रिया अघि बढ्ने बताएका छन् । मंगलबार प्रेस संगठन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले उक्त कुरा बताएका हुन् ।

सूर्य चिह्न र नेकपा जहाँ, त्यहाँ आफूहरूः माधव नेपाल

11 hours ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न र नेकपा जहाँ, त्यहाँ आफूहरू हुने बताएका छन् । सोमबार काठमाडौँको बबरमहलमा पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभामा बोल्दै उनले नेकपाको आधिकारिता आफूहरुले पाउने भन्दै सूर्य चिन्ह र नेकपा आफूहरुको हुने दाबी गरेका हुन् ।

प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी र केन्द्रीय समिति बैठक बोलाउने

1 day ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी र केन्द्रीय समिति बैठक बोलाउने भएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछिको अवस्थाबारे छलफल र निर्णय गर्न पार्टी स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने भएको हो।

रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेको छः कोमल वली

2 days ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले दिएको अभिव्यत्तिप्रति राष्ट्रियसभा सदस्य कोमल वलीले कडा आपति जनाएकी छिन् । आइतबार एक ट्वीट गर्दै वलीले पन्तले दिएको अभिव्यत्तिप्रति आपत्ति जनाउदै पन्तको निच सोचको निन्दा गरेकी छिन् ।

'के पी ओली श्री ३ महाराजाधिराज जस्तै भएका छन् '

2 days ago

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले आफैंलाई महाराजाधिराज जस्तै मानेको आरोप लगाएका छन् । आज आयोजित शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपा नेतृत्वको सरकारले नै संविधानमाथि धब्बा लगाउने कार्य भएको आरोप समेत लगाए ।

प्रचण्ड–नेपाल पक्षद्वारा जसपासँग छलफल, मिलेर जान प्रस्ताव

5 days ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गरेको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेर छलफल गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपालले आज पार्टी कार्यालय पेरिसडाँडामा जसपाका नेताहरुसँग छलफल गरेको हो ।

प्रचण्ड र माधव नेपालले देउवासँग भेट गर्दै

6 days ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट हुने भएको छ । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदम बदर गरिदिएपछिको अवस्थाबारे तीन नेताहरुबीच छलफल हुने भएको हो ।

सर्वोच्चले संविधान हेरेर संसद् पुनर्स्थापना गर्नेमा आफू विश्वस्त रहेको नेता पन्तको भनाई

1 week ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले संसद् विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने बताएका छन्।

प्रचण्ड–नेपाल समूहले ६८ जिल्ला नेतृत्व चयन गर्‍यो

1 week ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि ‘विभाजित’ नेकपाको प्रचण्ड–नेपाल पक्षले ६८ जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

योगेश भट्टराई प्रचण्ड–नेपाल समूहको प्रेस संगठन इन्चार्ज

1 week ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले योगेश भट्टराई प्रेस संगठन नेपालको इन्चार्जको जिम्मेवारी दिएको छ । यो समूहको स्थायी कमिटी सदस्य रहेका भट्टराईलाई प्रेस संगठनको इन्चार्ज जिम्मेवारी दिइएको हो ।

Page 1 of 8

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।