News | Tag: पहिराे

नर्वेमा पहिरोः एक जनाको मृत्यु, नौ जना बेपत्ता

5 months ago

एजेन्सी । नर्वेमा पहिरोका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु नौ जना बेपत्ता भएका छन् ।राजधानी ओस्लोदेखि २५ किलोमिटर टाढा रहेको पहाडी क्षेत्र आस्कमा मंगलबार राती पहिरो गएको अधिकारीहरुले जनाएका छन् ।

पहिरोपीडितको पीडाः त्रिपालभित्र जमरा राखेर दशैँ

7 months ago

जाजरकोट । “दिनमा घामले पोल्छ, रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प केही नभएपछि यही त्रिपालमुनि गुजरा चलाइरहेका छौँ”, बारेकोट गाउँपालिका–४ गोठगाउँ तलगाउँकी गोरी नेपालीले पीडा सुनाइन् ।

धौलागिरिमामात्रै पहिराबाट पूर्वाधारमा २६ करोड क्षति

7 months ago

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकामा यस वर्षको वर्षात्को कारण करिब रु २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । गत असार २५ र २६ गते वर्षात्सँगै आएको पहिरोका कारण निजी आवास, विद्यालय, सडक, खानेपानी, विद्युत्लगायत क्षेत्रमा पु¥याएको क्षतिको पुनःनिर्माण गर्न रु २६ करोड बढी बजेट आवश्यक पर्ने देखिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए ।

पहिरोले बासै उठेपछि विद्यालयमा काजक्रिया गर्दै

8 months ago

स्याङ्जा । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् ।

बाढीपहिरोः १६ जना अझै बेपत्ता

8 months ago

बागलुङ । यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ ।

पहिरामा पुरिएका तीन जनाको शव फेला

8 months ago

पाल्पा । रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ ।

लगातारको वर्षाले व्यापक क्षति

8 months ago

विरगंज । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयता परेको अविरल वर्षाका कारण बारा, पर्सा तथा रौतहटमा व्यापकरूपमा घर, धान तथा तरकारी बालीलाई क्षति पु¥याएको छ ।

पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो

8 months ago

कास्की । दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ । सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत भएको छ ।

घुमथाङ पहिराे: मृतकको सङ्ख्या १३ पुग्याे, बेपत्ता १८ जनाको खोजी जारी

9 months ago

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

पहिराले घर पुरिँदा बेपत्ता भएका एक वृद्धको शव फेला

9 months ago

बागलुङ । अविरल वर्षाका कारण आएको पहिराले घर पुरिँदा बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ ।

Page 1 of 4

पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।