News | Tag: नेपाल विद्यार्थी संघ
नेविसंघले सरकार विरोधी आन्दोलनको प्रचार गर्न २८ गते देशभर सिठ्ठी फुक्ने
2 months agoकाठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आउँदो २८ गते देशभर सिठ्ठी फुक्ने भएको छ । सरकारका पछिल्ला गतिविधिको विरोधमा मंसिर २९ गते देशभर प्रदर्शन गर्न लागेको कांग्रेसको कार्यक्रमको प्रचारस्वरुप २८ गते देशका मुख्य शहरहरुमा सिठ्ठी बजाउन लागेको हो ।
चर्को शुल्क असुलेको घटनाप्रति नेविसंघको विरोध
3 months agoकाठमाडौँ । निजी क्षेत्रबाट संचालित उच्च माध्यमिक विद्यालयहरुले चर्को शुल्क असुलेको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएको छ। कोरोनाभाइरसको संक्रमणको बेला नियमित कक्षा हुन नसकेको साथै प्रत्यक्ष पाठनपाठन नभएको समयमा अनावश्यक शुल्कको बोझ अभिभावकमा थपिएको संघले जनाएको छ। अतिरिक्त शीर्षकमा शुल्क उठाउन नपाउने समयमा थप भार पारिएको संघको भनाइ छ।
देहरादून घटनामा घाइते विद्यार्थीको निःशुल्क उपचारको माग
4 months agoकाठमाडौँ । नेविसंघ अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गर्दै भारतको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि कात्तिक १० मा निर्घात कुटपिट भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेका हुन् ।
नेविसंघ भन्छः उपप्राध्यापक चलाउनेमाथिको आक्रमण नेविसंघलाई बदनाम गराउन रचिएको पड्यन्त्र हो
4 months agoकाठमाडौँ । नेपाल विद्यार्थी संघले उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ। शुक्रबार संघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै उक्त घटनामा नेविसंघको संलग्नता नरहेको स्पष्ट पारेको हो ।
त्रिविको मानविकी र शिक्षा शास्त्र संकायका डिन कार्यालयमा नेविसंघले लगायो ताला
7 months agoकाठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायका डिन कार्यालयमा ताला लगाएको छ । नेविसंघका मागबारे छलफल नगरी त्रिवि पदाधिकारीले पेलेर जाने रणनीति लिएपछि बाध्य भएर ताला लगाएको नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले बताएका छन् ।
काठमाडौँमा सरकारविरुद्ध नेविसंघको प्रदर्शन
8 months agoकाठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सोमबार कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम नगरेको भन्दै प्रदर्शन गरेको हो । विजुलीबजारबाट र्यालीसहित नयाँ वानेश्वर पुगेको नेविसंघको टोलीले त्यहाँ कोणसभा गरेको थियो ।
निजी विद्यालयले शुल्क लिए नेविसंघले विरोध गर्ने
9 months agoकास्की । नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्कीले विद्यार्थीहरुको पठनपाठन र स्वास्थ्यलाई ध्यानाकर्षण गर्दै एक विज्ञप्ति जारी गरेको छ । नेविसंघ कास्कीका नि बर्तमान सभापति बिकास थापाले आइतबार शिक्षा मन्त्रीद्वारा असार १ गतेबाट पठनपाठन सुरु गर्न आव्हान गरिएको बिषय सरासर विद्यार्थीहरुको स्वास्थ्य माथी खेलवाड गर्न खोजिएको प्रष्ट देखिएको जनाउँदै उक्त आव्हान तत्काल फिर्ता लिन र विद्यार्थीको स्वास्थ्य र पठनपाठनलाई ध्यानाकर्षण गर्दै बिज्ञप्ति जारी गरेर सरकारलाई र स्थानीय प्रशासनको ध्यान केन्द्रीत गरिएको उल्लेख बताएका छन् ।
नेविसंघ पूर्वमहामन्त्री काफ्लेले विहे खर्च कटाएर कोरोना कोषमा २ लाख जम्मा गरे
10 months agoकाठमाडौँ । नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विहे खर्चमा कटौती गरेर कोरोनाभाइरस रोकथामका लागि सरकारले खडा गरेको कोषमा हस्तान्तरण गरेका छन् । काफ्ले तथा उनकी श्रीमतीले विहे खर्च कटौती गर्दै दुई लाख रूपैंया सरकारी राहत कोषमा जम्मा गरिदिएको बताएका छन् । उनीहरुले सोमबार उनी तथा उनकी श्रीमती मेनुका अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमा भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीलाई राहत दिन नेपाल विद्यार्थी संघको माग
10 months agoकाठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले डेरा लिई बसेका तथा विपत्तिका बेला घर जान नपाएर डेरामै रहेका विद्यार्थीलाई राहत दिनुपर्ने बताएका छन् । अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति निकालेर त्यस्ता खालका व्यक्तिहरुलाई उच्च प्राथमिकतामा राखेर राहत वितरण गर्नुपर्ने बताएका हुन् । त्यस्तै, नेविसंघले विदेशमा रहेका विद्यार्थीलाई त्यहाँ रहेका नेपाली दूतावासमार्फत् आवश्यक सहयोग गर्न पनि सरकारसँग माग गरेको हो ।
आरआर क्याम्पसमा नेविसंघ र अनेरास्ववियूबीच झडप, दर्जनौं घाइते
1 year agoकाठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा झडप भएको छ । सोमबार विहान आसन्न स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा अनेरास्ववियू र नेपाल विद्यार्थी संघबीच झडप भएको बताइएको छ ।
Page 1 of 3
पर्यटन
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।
जीवनशैली
तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।
विचित्र विश्व
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।