News | Tag: नेपाल एयरलाइन्स

शनिबार मलेशियाबाट १७ नेपालीको शव आउँदै

1 month ago

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ ।

गम्भीर गल्ती गर्ने नेपाल एयरलाइन्सका एक कर्मचारीलाई कारवाही

2 months ago

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेशिया स्टेशनमा सधैँका लागि जान नपाउने गरी फिर्ता बोलाएको हो ।

नेपाल एयरलाइन्सलाई चौथो पटक हङकङ उडानमा प्रतिबन्ध

3 months ago

काठमाडौँ । नेपाल एयरलाइन्सलाई चौथो पटक हङकङ उडानमा प्रतिबन्ध लगाएको छ । नेपाल एयरलाइन्समार्फत हङकङ पुगेका पाँचजना यात्रुमा कोरोना पुष्टि भएपछि नेपाल एयरलाइन्सलाई हङकङले १५ दिनका लागि उडानमा प्रतिबन्ध लगाएको हो ।

नेपाल एयरलाइन्सका यात्रु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने

3 months ago

काठमाडौँ । नेपाल एयरलाइन्समार्फत विदेश जाने यात्रुहरु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने भएको छ । कोरोनाभाइरसको कारण थप जाँच गर्नुपर्ने भएकाले एयरलाइन्सले यात्रुहरुलाई चार घण्टा अघि नै विमानस्थल पुग्न भनेको हो ।

ह्याम्स र स्टारको नक्कली पिसिआर रिपोर्टले नेपाल एयरलाइन्स हङकङ्ग र युएइमा प्रतिबन्ध !

3 months ago

काठमाडौँ । ति अस्पतालहरुले विदेश जाने यात्रुहरुलाई पिसिआरको नक्कली रिपोर्ट दिने गरेको खुल्न आएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई पत्र काटेर उनीहरुमाथि छानबिन गर्न र कारबाही गर्न समेत भनेको छ।

नेपाल एयरलाइन्सद्वारा एन–एफपी सफ्टवेयर लागू

4 months ago

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्वेयर लागू गरेको छ । निगमले यसअघि सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयर परिवर्तन गरी एयरबस कम्पनीले विकास गरेको अत्याधुनिक नवब्लू फ्लाइट प्लानिङ्ग सफ्टवेयर (एन–एफपी) लागू गरेको हो ।

हिमालय एयरलाइन्सलाई दिएको सुविधाले विमानस्थल कवाडी खाना जस्तो हुने भोः नेपाल एयरलाइन्स

5 months ago

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्ससँग रहेको ग्राउन्ड ह्यान्डिलिङ सेवामा पूर्णविराम लगाउने काम भएको आरोप लगाएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सलाई दिएको सेल्फ ग्राउन्ड ह्यान्डिलिङको बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै उक्त आरोप लगाएको हो ।

अड्किएका नेपाली लिन निगमको जहाज दुबई उड्यो

6 months ago

काठमाडौं । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ ।

निगमका १४ कर्मचारी कोरोनामुक्त भई घर फिर्ता

7 months ago

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन् ।

निगमका चालक दलका ७ जनामा कोरोनाको संक्रमण

8 months ago

काठमाडौँ । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका सात उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको निगमले जनाएको छ । अन्य सात सम्बधित क्रु मेम्बरको पुष्टि हुन बाँकी रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

Page 1 of 6

पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।