News | Tag: नेपाली काङ्ग्रेस

प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ : नेता पौडेल

1 year ago

भद्रपुर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री आफैले भारतसँग वार्ता गर्न सुझाव दिएका छन् । नेपाल प्रेस युनियन झापा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले सीमा विवाद सचिवस्तरको बैठकबाट नटुङ्गिने भएकाले प्रधानमन्त्री स्वयंले भारतीय प्रधानमन्त्रीसँग बार्ता गर्नुपर्ने बताएका हुन् ।

कास्कीमा हुने उपनिर्वाचन लागि काङ्ग्रेसको यस्तो रणनीति

1 year ago

पोखरा । नेपाली काङ्ग्रेस कास्कीले मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेको छ । पहिलो चरणको कार्यक्रमअन्तर्गत कात्तिक २४ गते आइतबार निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिकाका ११ वटै वडामा चुनाव प्रचारप्रसार समितिको कार्यालय उद्घाटन गरिने निर्वाचन मूल प्रचार समितिका सभापति एवम् जिल्ला पार्टी सभापति कृष्ण केसीले जानकारी दिए ।

नेकपा र काङ्ग्रेसले उम्मेदवार टुङ्गो लगाए

1 year ago

बैतडी । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस दुवैले उम्मेदवारको टुङ्गो लगाएको हो । वडाध्यक्ष रिक्त रहेका सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र दोगडाकेदार गाउँपालिका–४ मा मङ्सिर १४ गते उपनिर्वाचन हँुदैछ ।

शुक्रबार काङ्ग्रेस केन्द्रीय समिति बैठक

1 year ago

काठमाडौँ । नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने विषयमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुने बताइएको छ ।

लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्छ : सभापति देउवा

1 year ago

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम’मा उनले नेपाली जनताको लडाइँ, सङ्घर्ष र बलिदानबाट ल्याएको लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए । “सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ, लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्छ”, उनले भने ।

संवैधानिक परिषद्का निर्णय सहमतिमा हुनुपर्ने काङ्ग्रेसको माग

1 year ago

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संवैधानिक परिषद्को बैठकका निर्णय सहमतिका आधारमा हुनुपर्ने सुझाव दिएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको पार्टी पदाधिकारी बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने जनाएको हो ।

काङ्ग्रेसको पार्टी कार्यलयमा कार्यकर्ता एवं आमन्त्रितको भीड

1 year ago

काठमाडौँ । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली काङ्ग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम एक बजेदेखि शुुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापानमा पार्टी कार्यकर्ता एवं आमन्त्रितको भीड छ । आमन्त्रितलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महतलगायत नेताले उभिएर स्वागत गरिरहेका छन् ।

यसरी शुरु गरेका थिए बिपीले ‘चियापान समारोह’

1 year ago

काठमाडौँ । नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।

आज काङ्ग्रेसको चियापान

1 year ago

काठमाडौँ । नेपाली काङ्ग्रेसले आज चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ । काङ्ग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा असोज २६ गते अपराह्न १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

“झगडा गर्ने पार्टी नबनाऔँ”

1 year ago

बनेपा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफैँसँग लड्ने नभई अरुसँगै लड्नसक्ने पार्टी बनाउन सबै लाग्नुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकले आइतबार आयोजना गरेको ‘विजया दशमी, दिपावली, छठ र ल्होछार’को शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा उनले पार्टीभित्र आफैँ झगडा गरेर पार्टी बलियो नहुने बताए । “झगडा गर्ने पार्टी नबनाऔँ”, सभापति देउवाले भने, “पार्टीभित्र आफू आफैँमा झगडा गरेपछि चुनावमा जनताले भोट हालेन भनेर कसरी भन्ने ?”

Page 1 of 4

पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।