News | Tag: नेकपा

नेकपा दोलखाद्वारा स्थानीय तहका जनप्रतिनिधि र कमिटीलाई प्रशिक्षण

1 year ago

चरिकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीय कमिटीका पदाधिकारीलाई दुईदिने प्रशिक्षण दिएको छ । (नेकपा) दोलखाको आयोजनामा शुक्रबार र शनिबार गरी दुई दिन स्थानीय तहका जनप्रतिनिधि, स्थानीय तह कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका सदस्यका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रममा (नेकपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभाग उपप्रमुख वेदुराम भुषालले पार्टीको राजनीतिक कार्यदिशा, स्कूल विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य देवेन्द्र पौडेलले निर्वाचित जनप्रतिनिधि र स्थानीय तहको सम्बन्धको विषयमा प्रशिक्षण दिएका थिए ।

मुलुक समाजवादी बाटोतिर अघि बढ्नुको विकल्प नभएको नेता खनालको भनाई

1 year ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा राजनीतिक परिवर्तन सम्पन्न भइसकेकाले अब आर्थिक विकासमा जुट्नुपर्ने बताएका छन् । लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा ‘होलेरी’ कथा सङ्ग्रहको विमोचन गर्दै उनले सिङ्गो मुलुक समाजवादी बाटोतिर अघि बढ्नुको कुनै विकल्प नभएको बताए ।

चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच बृहत अन्तरक्रिया हुने

1 year ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत् अन्तरक्रिया हुने भएको छ । नेकपाको व्यवस्थापनमा चिनियाँ कम्युनिस्ट पार्टीका पाहुनाका साथ असोज ६ र ७ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको नेकपाका स्थायी समिति सदस्य एवं स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले बताए ।

प्रतिबन्धित नेकपाका दुई नेता सत्तारूढ नेकपामा प्रवेश

1 year ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई नेता प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रतिबन्धित नेकपाका पर्वत जिल्ला सेक्रेटरी भीमबहादुर हमाल र जलजला गाउँपालिका इन्चार्ज धनञ्जय मल्ल पार्टी प्रवेश गरेका हुन् ।

विप्लव नेतृत्वकाे नेकपा निकट अखिल क्रान्तिकारीका जिल्ला संयाेजक पक्राउ

1 year ago

हुम्ला । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी एक कार्यकर्तालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । विभिन्न सरकारी कार्यालयमा चन्दा माग गरेको भन्ने सूचनाका आधारमा चन्द समूहको अखिल क्रान्तिकारीका जिल्ला संयोजक उपेन्द्र रावतलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिबन्धित नेकपाका झापा जिल्ला सेक्रेटरी पक्राउ

1 year ago

झापा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले बिर्तामोडबाट आज पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी मिश्रसहित जिल्ला सदस्य टीका पोखरेल रहेका छन् ।

पछिल्ला राजनीतिक घटनाका विषयमा नेकपा र काङ्ग्रेसका शीर्षनेताबीच छलफल

1 year ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले पछिल्ला राजनीतिक घटनाका विषयमा गम्भीर छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा उनीहरुबीच समसामयिक विषयमा गम्भीर छलफल भएको भेटमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी ए ।

प्रतिबन्धित नेकपाका बर्दिया जिल्ला इन्चार्ज र अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष पक्राउ

1 year ago

राजापुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

उपनिर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मेवारी महासचिव पौडेललाई जिम्मेवारी

1 year ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आउँदो मङ्सिरमा हुन लागेको उपनिर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले तीनै तहको रिक्त उपनिर्वाचनका निम्ति पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक र कानूनी व्यवस्थाअनुसार दल दर्ता गर्ने निर्णय गरेको र त्यसको जिम्मेवारी महासचिव पौडेललाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपा प्रदेश अध्यक्ष दाहाललाई पितृशोक

1 year ago

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाललाई पितृशोक परेको छ । उनका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको गएराति आफ्नै निवासमा निधन भएको हो । भरतपुर महानगरपालिका–७ स्थित गौतमचोकमा उनको निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ठूलोबुबासमेत रहनुभएका दाहाल चितवनमा कास्कीबाट विसं २०१९ मा बसाइँ सरेर आएका थिए । दाहाल विसं २०३६ देखि भूमिगतरूपमा किसान सङ्गठनका नेताको भूमिका निभाउँदै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए ।

Page 55 of 64

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।