News | Tag: नेकपा
प्रधानमन्त्री ओलीले भनेः म पनि अलिअलि अपाङ्ग
9 hours agoकाठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफू पनि अलिअलि अपाङ्ग रहेको बताएका छन् । आइतबार शारिरीक अशक्त भएकाहरुको संस्थाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफू पनि अलिअलि अपाङ्ग भएको बताएका हुन् ।
कर्णाली प्रदेशको प्रदेशसभा अधिवेशन अनिश्चित
1 day agoसुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको सङ्कटका कारण प्रदेशसभा अधिवेशन अनिश्चित बन्न पुगेको हो । नेकपा विभाजित भएपछि प्रदेश सरकारले अधिवेशन बोलाउने कुनै तयारी गरेको छैन ।
काउन्टर सभाको तयारीमा ओली समूह
1 day agoकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्। नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको छ।
उत्तेजनाले कसैलाई फाइदा गर्दैनः मन्त्री ज्ञवाली
1 day agoकाठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरि मान्दै राम्रा र जनपक्षीय काम गर्दा पनि आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारेर समस्या सिर्जना गरेकाले मुलुकमा यो परिस्थिति उत्पन्न भएको बताएका छन् ।
नेकपा स्थायी कमिटीको बैठक आइतबार बस्ने
1 day agoकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सचिवालयको बैठकले आइतबार दिउँसो १२।३० बजे स्थायी कमिटी बैठक बोलाएको हो ।
प्रचण्ड–नेपाल पक्षको प्रदर्शन र विरोध सभाको कारण काठमाडौँको यातायात प्रभावित
3 days agoकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज काठमाडौँमा विशाल जनप्रदर्शन गर्दैछ । काठमाडौँ उपत्यकासहित आसपासका जिल्लाहरुबाट समेत गरि १ लाख कार्यकर्ता सडकमा उतार्ने तयारी यो समूहको गरेको छ ।
प्रचण्डले योद्धाका छोराछोरीको बिजोग बनाएः ओली
3 days agoकाठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाएका छन् । बिहीबार काठमाडौँमा भएको प्रेस संगठन नेपालको ओली पक्षीय भेलालाई सम्बोधन गर्दै ओलीले उक्त आरोप लगाएका हुन् ।
भोलि १ लाख कार्यकर्ता उतार्ने प्रचण्ड–नेपाल समूहको तयारी
3 days agoकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले भोलि (शुक्रबार) काठमाडौँमा विशाल जनप्रदर्शन गर्ने बताएको छ । काठमाडौँ उपत्यकासहित आसपासका जिल्लाहरुबाट समेत गरि १ लाख कार्यकर्ता सडकमा उतार्ने तयारी यो समूहको रहेको हो ।
सप्तरीमा प्रचण्ड–नेपाल समूहका ७ जना कार्यकर्ता पक्राउ
4 days agoकाठमाडौँ । सप्तरीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका ७ जना कार्यकर्ता पक्राउ परेका छन् । ओली समूहको कार्यक्रमलाई बिथोल्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । सप्तरीमा बिहीबार बिहान मोटरसाइकल र्याली र प्रशिक्षण कार्याक्रम बिथोल्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
'प्रचण्ड–नेपाल समूह निर्वाचनमा जान डराइरहेका छन्'
4 days agoलमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा प्रचण्ड–माधव समूहले बहुमतको नाममा आफ्नो निजी स्वार्थका लागि पार्टीको विधि, विधान र सहमतीय संस्कारविपरीत गएकाले प्रधानमन्त्रीसँग संसद् विघटन गरी जनतामा जानुको विकल्प नभएको बताएका छन् ।
Page 1 of 55
पर्यटन
सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।
जीवनशैली
पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।