News | Tag: कोरोनाभाइरस

वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

6 months ago

वीरगन्ज । वीरगन्जमा थप एक जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका ४० वर्षीय युवकको मृत्यु भएको हो । रौतहटको राजपुर, तुल्सीका ४० वर्षीय युवकको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

भक्तपुरमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

6 months ago

काठमाडौँ । भक्तपुरमा एक जना कोरोनाभाइरस संक्रमित पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका एक ६५ वर्षीय संक्रमितको शनिबार राति मृत्यु भएको हो । उक्त पुरुषले भदौ ११ गते कोरोना परीक्षणको लागि स्वाब दिएका थिए ।

नेपालमा थपिए ८८४ जना कोरोना संक्रमित

6 months ago

काठमाडौँ । नेपालमा ८८४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

काठमाडौँ उपत्यकामा १८६ जना संक्रमित थपिए

6 months ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १८६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

भिक्टोरियामा थप १८ जनाको मृत्यु, मृतक संख्या ५०० नाघ्यो

6 months ago

सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप १८ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । राज्यका प्रिमियर ड्यानियल एन्ड्रिउजले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमितको मृत्यु भएको हो ।

थप ९२७ जनामा कोरोना पुष्टि

6 months ago

काठमाडौँ । नेपालमा थप ९२७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिएका हुन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन् ।

काठमाडौँ उपत्यकामा ४१५ कोरोना संक्रमित थपिए

6 months ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा ४१५ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकामा ३७७ कोरोना संक्रमित थपिए

6 months ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ३७७ जनामा कोरोनाभाइरस (कोभिड– १९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकारसम्मेलनमार्फत काठमाडौँमा २७० जना, ललितपुरमा ६६ जना तथा भक्तपुरमा ४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

वीरगञ्जमा थप तीन जना संक्रमितको मृत्यु, मृतक संख्या ४५ पुग्यो

6 months ago

नारायणी अस्पतालका प्रवक्ता एवम् सूचना अधिकारी डा.अतुलेश चौरसीयाले दिएको जानकारी अनुसार बुधबार राति एक जना तथा बिहीबार बिहान दुई जनाको मृत्यु भएको हो । बुधबार राति नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत पर्साको धोबनी गाउँपालिका वडा नं. ३ स्थित गुलरीया गाउँका ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

काठमाडौँ उपत्यकामा ३०१ संक्रमित थपिए

6 months ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ३०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा २३० जना, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

Page 28 of 42

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।