बलात्कार र हत्यासम्बन्धी घटनामा सैनिकलाई दोषी ठहर
- शुक्रबार, २२ भदौ, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

जुबा । दक्षिण सुडानको एक सैनिक अदालतले सन् २०१६ मा सुडानको राजधानी जुबामा भएको बलात्कार र हत्यासम्बन्धी घटनामा यहाँका १० सैनिकलाई दोषी ठहर गरेको छ ।
सन् २०१६ मा सुडानमा भएका वैदेशिक सहायताकर्मीलाई बलात्कार गरेको र एकजना स्थानीय पत्रकारको हत्या गरेको अभियोग ती सैनिकमाथि लागेको थियो ।
दक्षिण सुडानको राजधानीमै भएको उक्त बलात्कार र हत्याकाण्डको सुनुवाई जुबाको एक अदालतमा जारी थियो । सो मुद्दाको फैसला सुनाउँदै अदालतले बिहीबार ती १० जना सैनिकलाई दोषी ठह¥याएको बताइएको छ ।
जुबाको सैनिक अदालतले उक्त फैसला सुनाएको समाचारमा उल्लेख छ । लामो समयको अनुसन्धानपछि विदेशी सहायताकर्मीको बलात्कार र दक्षिण सुडानकै एक जना स्थानीय पत्रकारको हत्यामा उनीहरुको संलग्नता देखिएको फैसला सुनाइएको हो ।
सैनिक अदालतका न्यायाधीश नाइट बारिनो अल्मास्को इजलाशले सो फैसला सुनाएका छन् । उनले उक्त बलात्कार र हत्याकाण्डको अनुसन्धान प्रक्रियाको बारेमा पनि सो फैसलामा विस्तृत रुपमा उल्लेख गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भारतमा बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु
- 7 minutes ago

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५७७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ६३ हजार ४
उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट
- 10 minutes ago

धनुषा । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ ।
परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने
- 13 minutes ago

काठमाडौँ । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बना
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।