महामारीमा ‘जुम’ले मारेको फड्को

एजेन्सी । कोरोनाभाइरसको महामारीले सबैभन्दा बढी सूचना तथा प्रविधिको क्षेत्रलाई फाइदा गर्यो । मानिसहरुबीचको दूरी कायम राख्नुपर्ने भएपछि बाहिर भिडभाड घट्यो । सोही कारण कार्यालयहरु घरैबाट संचालन हुन थाले । संस्थाहरुले बैठकहरुको लागि बिभिन्न साइटहरुको प्रयोग गरे । त्यो मध्ये सबैभन्दा बढी ‘जुम’ प्लेटफर्म चल्यो ।

 

जुमका दशौं हजार शुल्क तिरेर प्रयोग गर्ने सब्सक्राइबर छन् । यसै समयमा जुमले निकै राम्रो आम्दानी गरेको छ । जुमले गत साता एक रिपोर्ट जारी गर्दै  मे देखि जुलाईसम्मको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा जुमले ८९९.५ मिलियन डलर बढी आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको भन्दा चार गुणाले बढी हो ।

 

महामारीको समयमा निःशुल्क प्रयोग गर्न सकिने जुमलाई शुल्क तिरेर प्रयोग गर्न सकिने बनाइएको थियो । शुल्क तिरेर प्रयोग गर्दा जुमले ग्राहकहरुलाई थप सुविधा दिएको छ ।

 

आर्थिक वर्षको दोस्रो त्रैमासमा जुमको ३ लाख ७० हजार २ सय ग्राहकहरु रहेका थिए । सो समयमा जुममा १० जनामात्रै कर्मचारी रहेका थिए । अप्रिलसम्म आइपुग्दा जुमले २ हजार ८ सय ५४ जना कर्मचारी राखेको बताइएको छ ।

 

गत वर्षको यसै अवधिसम्म जुमका ग्राहकहरु ६६ हजार ३ सय जना रहेका थिए । सो समयमा पनि जुमले १० जना कर्मचारी राखेको थियो ।

 

गत वर्षसम्म जुमले प्रतिशेयर ६६ सेन्ट लाभांश वितरण गरेको थियो । तर, निकै राम्रो आम्दानी भएपछि हाल जुमले प्रतिशेयर ५.५ डलर लाभांश वितरण गरेको छ । 

 

जुमका कार्यकारी प्रमुख इरिक युहानले भनेका छन्, ‘हालको अवस्थामा संस्थाहरु चल्ने पद्धति परिवर्तन भइरहेको छ । मानिसहरुको काम गर्ने स्थान परिवर्तन भइरहेको छ । जुनै स्थानबाट पनि मानिसहरुले सिक्न सक्छन् । यस कार्यलाई जुमले सघाउ पुर्याइरहेको छ ।’

 

शेयर बजारमा पनि जुमको कारोबार बढेको छ । सोही कारणले गर्दा यसको मूल्य आकाशिएको छ । सोमबार दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक भएपछि यसको मूल्य अझै बढेको छ ।

 

यदी यसरी नै कारोबार बढ्दै गएमा जुमले चाँडै १०० बिलियन डलर बराबरको मूल्य बनाउने अन्तर्राष्ट्रिय आर्थिक साइटहरुले उल्लेख गरेका छन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु

  • 13 minutes ago
बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीस्थित बुटवल कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

दाङमा खुट्टा छिनिएको अवस्थामा ४५ वर्षीय पुरुष फेला

  • 21 minutes ago
दाङमा खुट्टा छिनिएको अवस्थामा ४५ वर्षीय पुरुष फेला

तल्सीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् ।

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

  • 1 hour ago
भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

दमौली । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।