जिपलाइनको मज्जा लिन चन्द्रागिरि जाने कि !

काठमाडौँ । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’मा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक बढ्दै गएको छ । चन्द्रागिरि हिल्स प्रालिले गत सातादेखि जिपलाइन सञ्चालनमा ल्याएको थियो ।

 

नुवाकोटको गेर्खुबाट चन्द्रागिरि घुम्न आएका दिपेश प्याकुरेलले जिपलाइनको मज्जा लिँदा दङ्ग पर्नुभयो । “केवलकार त यसअघि पनि चढेको थिए, जिपलाइन सञ्चालन भएको थाहा पाएर पुनः यहाँ घुम्न आएको हुँ ।” उनले भने। 

 

स्याङ्जाका वेदबहादुर कार्कीले पनि पहिलो पटक सो स्थानमा पुग्नुभएको थियो । चन्द्रागिरि नगरपालिका–१० सतुङ्गलमा बस्दै आएका उनले यसअघि सो स्थानमा पुगेपनि जिपलाइनको मज्जा लिन दोस्रोपटक आएको जानकारी दिए । “ यहाँ जिपलाइन सञ्चालन आएको खबर सुने,बिदाका दिनमा यसो घुमौँ भनेर आएको हुँ,” उनले भने । 

 

यस्तै मोरङबाट घुम्न फिपरानी लिम्बू परिवारसहित काठमाडौँ आएका छन् । छोरी,बुहारीसँग पहिलोपटक चन्द्रागिरि घुम्न आएका उनलाई यहाँको केवलकारसँगै डाँडाबाट उपत्यकाको मनोरम दृश्यले लोभ्याएको बताए । 

 

“तराईमासम्म भूभाग जता हेरेपनि सम्ममात्र छ, काठमाडौँ आएका बेलामा यसो डाँडाकाँडा घुम्न जाउँ भनेर आएको, साह्रै रमाइलो लाग्यो, भालेश्वर मन्दिरको दर्शन गर्न पाइयो,”उनले भने । 

 

अष्ट्रियाली ‘डोब्बलमेयर’ कम्पनीले निर्माण गरेको  चन्द्रागिरि केवलकारको लम्बाइ कूल दुई किलोमिटर ४६० मिटर छ । यसका मार्गमा ११ टावर छन् । यात्रु बोक्ने ३८ र समान बोक्ने तीन गरी कूल ४१ गोण्डला छन् । चन्द्रागिरि डाँडोमा पुग्न थानकोट स्टेशनबाट ९ देखि १४ मिनेट लाग्ने छ । 

 

केबलकारको एक डिब्बामा ८ व्यक्ति ओहोरदोहोर गर्न मिल्छ । पछिल्लो समय कोरोनाका कारण विदेशी पर्यटक घटेको चन्द्रागिरिमा आन्तरिक पर्यटक भने बढ्दै गएका छन् । रु ७० लाख लगानीमा निर्माण गरिएको जिपलाइनको लम्बाई १०० मिटर छ । 

 

चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेक विक्रम शाह स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलका रुपमा चन्द्रागिरिलाई विकास गर्नका लागि जिपलाइन सञ्चालनमा ल्याएको जानकारी दिए । भालेश्वर मन्दिर नजिकदेखि बाल खेल बगैँचासम्म निर्माण गरिएको उक्त जिपलाइनको मज्जा लिनका लागि रु ४०० लाग्नेछ । “आन्तरिक तथा वाह्य पर्यटनलाई प्रवद्र्धन गर्ने नीति लिएका छौँ,” उनले भने । 

 

चन्द्रागिरि हिल्स प्रालिले चन्द्रागिरिमा रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ । अहिले काठमाडौँको व्यस्त दैनिक जीवनलाई केही हदसम्म आराम लिन र हप्ताभरीको थकान भुलाउन आन्तरिक तथा बाह्य पर्यटक रिसोर्ट पुग्ने गरेका छन् । झण्डै ८ महिना बन्द रहेको रिसोर्टले पछिल्लो समय रिसोर्टमा आउने पर्यटकलाई लक्षित गरेर सहुलियत प्याकेज सञ्चालनमा ल्याएको छ । 

 

सहुलियत प्याकेटमा एक जोडीलाई एकरात डिलक्स कोठामा बसेको र बिहानको ‘ब्रेकफास्ट’सहित रु नौ हजार शुल्क व्यवस्था गरिएको महाप्रबन्धक शाहको भनाइ छ । रिसोर्टमा हाल एक रात बसेको नौ हजारदेखि ३० हजारसम्म लाग्ने कोठा  छन् । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

१४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

  • 23 minutes ago
१४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै दायर गरेको मुद्दामा आज सुनुवाई हुँदैछ । १४ सांसदहरुलाई साधारण सदस्य र सांसद सदस्

'बिग बोस'को आउँदो सिजनका लागि सलमानले बढाए पारिश्रमिक

  • 24 minutes ago
'बिग बोस'को आउँदो सिजनका लागि सलमानले बढाए पारिश्रमिक

एजेन्सी । बलिउड स्टार सलमान खानले भारतीय चर्चित रियालीटी शो बिग बोसलाई धेरै चर्चामा पुर्याएका छन् । उनको होस्टले गर्दा नै बिग बोसले यतिधेरै चर्चा कमाएको हो भन्नुमा फरक पर्दैन ।

क्यानडामा आज मध्यावधि चुनाव हुँदै

  • 52 minutes ago
क्यानडामा आज मध्यावधि चुनाव हुँदै

एजेन्सी । क्यानडामा आज सोमबार मध्यावधि चुनाव हुँदैछ । प्रधानमन्त्री जस्टिन ट्रुडोले निर्धारित समयभन्दा दुई वर्षअघि नै चुनाव घोषणा गरेकोले आज मध्यावधि चुनाव हुन लागेको हो । कोरोना महामारीबीच अब



पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।