यी हुन् युट्युबाट सवैभन्दा धेरै पैसा कमाउने व्यक्तिहरु
- बिहीबार, २८ आषाढ, २०७५
- 2 years ago
- प्रबिधि

काठमाडौं । धेरैले युट्युबलाई भिडियो हेर्ने मनोरञ्जनात्मक साइटको रुपमा मात्रै लिने गरेका छन् ।
तर केही यस्ता व्यक्तिहरु पनि छन् जसले आफ्नो सिर्जनात्मक भिडियोहरु यूट्युबमा पोस्ट गरेर नाम र दाम दुवै कमाएका छन् । यूट्युबबाट वर्षमा लाख मात्रै होइन करोडौं कमाउनेहरु पनि छन् ।
विश्वका धनिहरुको सूची सार्वजनिक गर्ने फोब्र्स पत्रिकाले यस वर्ष यूट्युबमा धेरै कमाउने युट्युबरहरुको सूचि सार्वजनिक गरेको छ । यो सूचिमा र्यापर, प्य्राङ्कस्टर, गेमर आदि छन् ।
यी हुन सन् २०१७ मा यूट्युबबाट सबैभन्दा बढि कमाउने चर्चित यूट्युबरः
१०. कुलेन बालिङ्गर
यूट्युबमा कमेडी भिडियोहरु बनाएर कुलेनले यो वर्ष पचास करोड रुपैंयाँभन्दा बढी कमाएकी छन् । अल्टर इगो, मिरान्डा सिङ्गस, आदिको कारणले चर्चित कुलेनले यो वर्ष सेल्फ हेल्प नामको टुर समेत गरेकी छन् ।
९.ऋत र लिङ्क
ऋत र लिङ्कको जोडीले पनि यो वर्ष ५० करोड रुपैंया भन्दा बढी कमाएको छ । ‘गुड मिथिकल मर्निङ’ नामको टक–शोबाट उनीहरुले उक्त रकम कमाएका हुन ।
८. जर्मन गारमेन्डिया
यो वर्ष ६० करोड रुपैंया भन्दा बढी कमाएका ल्याटिन अमेरिकाको सबैभन्दा चर्चित युट्युवर हुन जर्मन गारमेन्डिया । यूट्युबमा यी कमेडियन र संगितकारको ४८ मिलियन सब्सक्राइबर छन् । उनी यो लिस्टमा सबैभन्दा कान्छो उमेरका छन् ।
७. मार्किप्लायर
वास्तविक नाम मार्क एडवार्ड फिसब्याक भएका अमेरिकी भिडियो गेमर मार्किप्लायरले यो वर्ष यूट्युबबाटै ६० करोड रुपैंयाभन्दा बढी कमाएका छन् । साथै उनले एक वर्षकै छोटो अवधिमा १५.७ मिलियन सब्सक्राइबर पनि बनाएका छन् ।
६. टायलर ओकले
अमेरिकी समलिङ्गी अधिकारकर्मी तथा चर्चित यूट्युबर टाइलर ओकले यो सूचीमा नवप्रवेशी हुन । उनले यो वर्ष यूट्युबबाट करिब ६५ करोड रुपैंयाँ कमाएका छन् ।
५. रोसाना पानसिनो
अमेरिकी बेकर तथा अभिनेत्री रोसाना पानसिनाले यो वर्ष यूट्युबबाट करिब ६५ करोड रुपैंया कमाएकी छन् । उनको नर्डी नम्मीज नामको च्यानल छ जहाँ उनले बेकीङ सो चलाँउछिन ।
४. स्मोस
एन्थोनी पाडिल्ला र इयान हेकोक्स युट्युबका अग्रणी यूट्युबरहरु हुन । उनीहरुले सन् २००५ देखी नै कमेडी च्यानल स्मोस सुरु गरेका थिए । उनीहरुले अहिले सातवटा च्यानलहरु चलाँउछन् । उनीहरुले यो वर्ष यूट्युबबाटै करिब ७५ करोड रुपैंया कमाएका छन् ।
३. लिली सिंह
क्यानडामा जन्मिएकी भारतीय मुलकी र्यापर तथा यूट्युबर लिलीले यो वर्ष मात्रै करिब ८० करोड रुपैंया कमाएकी छन् । उनी उनको च्यानल सुपरवुमन नामले चर्चित छिन् ।
२. रोमन एटवुड
रोमनका हाँसोलाग्दा स्टन्टहरुले धेरै दर्शकहरुलाई आकषिर्त गरेका छन् । जसले उनको कमाई करिब ७० प्रतिशतले बढेको छ । उनले यो वर्ष यूट्युबबाटै करिब ८६ करोड रुपैंया कमाएका छन् ।
१.प्यु डाइ पाइ
यो वर्ष मात्रै १ अर्ब साठी करोड रुपैंयाँभन्दा बढि कमाएका उनको च्यानलमा ५० मिलियन सब्सक्राइबर छन् । वास्तविक नाम फेलिक्स अर्भिद उल्फ जेलबर्ग भएका यी स्विडिसले युट्युब स्टारले गेमहरु खेलेर र विभिन्न मनोरन्जनात्मक भिडियोहरु बनाएर पैसा कमाउँछन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अनेरास्ववियू उपत्यका स्तरिय भेलामा प्रचण्डको ‘उत्तेजक’ भाषण
- 5 hours ago
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनविरुद्धको आन्दोलनमा टाउको फुटाउन तयार रहेको बताएका छन् । आइतबार काठमाडौँमा भएको नेकपाको प्रचण्ड–नेपाल पक्षको अ
अष्ट्रेलिया र युट्युबको लागि बेचियो ‘डिसेम्बर फल्स’
- 5 hours ago

काठमाडौँ । निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’को युट्युब र अष्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको छ । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी म
आगोले नै निभायो आगो
- 5 hours ago

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।
विचित्र विश्व
भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनामा साइडइफेक्ट देखियो, एक जनाको अवस्था गम्भीर

एजेन्सी । भारतमा कोरोना भ्याक्सिन लगाउने कार्यक्रम सुरु भइसकेको छ । यस क्रममा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ ।