राष्ट्रसंघीय दूत यमनमा

साना । संयुक्त राष्ट्रसंघका एकजना विशेष दूत आइतबार यमन पुगेको समाचार छ । उनी दुई हप्तायता यो दोस्रो पटक यहाँ आएका हुन्। 

 

यमनको द्वन्द्व समाधानका लागि तोकिएका विशेषदूत मार्टिन ग्रफ्थ आइतबार यमनको राजधानी साना पुगेका समाचारमा जनाइएको छ । उनले यहाँको सरकार र द्वन्द्वरत पक्षसँग वार्ताको प्रयास गर्नेछन् । 

 

उनले यहाँका विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि पहल गर्न त्यहाँ पुगेको अनुमान गरिएको छ । तर यस विषयमा संयुक्त राष्ट्रसंघको तर्फबाट भने केही सूचना आएको छैन । 

 

यसअघिको भ्रमणका क्रममा विशेषदूत मार्टिनले आफूले यहाँका विद्रोहीलाई शान्ति प्रक्रियाका लागि वार्तामा ल्याउन पहल गर्ने बताए । 

 

यमनी हुथी विद्रोहीका कारण यहाँ पछिल्लो समयमा ठूलो सङ्कट उत्पन्न भएको छ । सो सङ्कट समाधानका लागि राष्ट्रसंघले पहल गर्ने जनाइएको थियो ।

 

तर शान्ति प्रक्रियाका लागि गरिएका भनिएका विगतका प्रयासहरुको ठोस निष्कर्ष भने केही आएको छैन । जसका कारण यहाँ दिन प्रतिदिन हिंसा थपिएको बताइन्छ । 

 

 

पूर्वी सिरियामा १५ लडाकू मारिए 

 

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार इराक र सिरियाको पूर्वी सीमा क्षेत्रमा शनिबार राति भएको बमबारीमा परी १५ जना लडाकू मारिएका सरकारी स्रोतले आइतबार जानकारी दिएको छ । 

 

यी लडाकूहरु सरकार समर्थित समूहका रहेको बताइएको छ । सिरियाली सरकारआवद्ध सुरक्षामाथि भएको यो एक भयानक आक्रमण भएको बेलायतआवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । 

 

सिरियाको उक्त क्षेत्र दैर इजोर प्रान्तको अल हारी भन्ने स्थानमा रहेको छ । त्यो क्षेत्रमा गत हप्तामात्र पनि सिरियाको सरकारलाई समर्थन गर्ने समूहका ३८ विदेशी लडाकू मारिएका सिरियाली सरकारले जानकारी दिएको थियो । 

 

सिरियाली सरकारी सञ्चार माध्यमकाअनुसार यस आक्रमण इस्लामिक स्टेट्स् आतङ्ककारी समूहले अमेरिका र रुसका सेनाविरुद्ध भन्दै गरेको अनुमान गरिएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 15 minutes ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 21 minutes ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 24 minutes ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।