Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनकलाकार संघले कलाकारको लागि ‘खुशी विज्ञान’ आयोजना गर्ने

कलाकार संघले कलाकारको लागि ‘खुशी विज्ञान’ आयोजना गर्ने


काठमाडौँ । कलाकारका लागि ‘खुशी विज्ञान’कार्यक्रम हुने भएको छ । नेपाल चलचित्र कलाकार संघले आफ्ना सदस्य कलाकारहरुका लागि विभिन्न गतिविधि गर्ने क्रममा यस किसिमको कार्यक्रम समन्वय गर्न लागेको हो ।

शारीरिक, स्वास्थ्य मानसिक शान्ति एवं खुशीयालीपूर्ण जीवनका लागि जीवन विज्ञान र नेपाल चलचित्र कलाकार संघको संयूक्त आयोजनामा यस खाले कार्यक्रम गर्न लागिएको हो ।

पछिल्लो समयमा सम्पूर्ण मानव जातिमा मानसिक विचलन, वितृष्णा जागिरहेको अवस्थामा नेपाली कलाकारहरुलाई संबोधन गर्दै यस खाले कार्यक्रम आयोजना गरिरहिएको हो । यसका लागि कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ श्रद्वेय गुरुदेव रमेश नेपालले सम्बोधन एवं शिक्षा दिने कार्यक्रम रहेको छ ।

नेपाल चलचित्र कलाकार संघले संघका नीवर्तमान अध्यक्ष रविन्द्र खड्काको संयोजकत्वमा ‘कलाकारका लागि खुशी विज्ञान’ आयोजना गर्नका निमित्त समिति बनाएको छ । कार्यक्रम आयोजना समितिमा पवित्रा आचार्य सह संयोजक रहेकी छिन् । कलाकार निरु खड्काको समन्वयमा आयोजना हुन लागेको यो कार्यक्रम २०८० चैत्र ९ गते शुक्रबार बिहान १० बजेदेखि जीवन विज्ञानको कार्यालय चाबहिलमा आयोजना हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT