'पुसी राएट'सँग अाबद्ध चार दर्शकले विश्वकप फाइनलकाे सुरक्षा घेरा ताेडेकाे दाबी

Global IME
Mega Bank
Norvic Hospital

मस्को । विश्वकप २०१८ मा रुसले अपनाएको सुरक्षा व्यवस्थाको चौतर्फी प्रशंसा भइरहँदा कसिलो सुरक्षा घेराबीच आइतबार सम्पन्न फ्रान्स र क्रोएशियाबीचको फाइनल खेलको ५२ औँ मिनेटमा दर्शक दीर्घामा रहेका चार दर्शक मैदान प्रवेश गर्न सफल भए ।

 

मैदानमा छिरेका चारैजना दर्शक रुसको ‘पुसी राएट’ समूहसँग आबद्ध रहेको दाबी गरिएको छ । एकै पोसाकमा रहेका यी चार समर्थक गोलरक्षक ह्युगो लोरिसको पछाडि रहेको दर्शकदीर्घाबाट मैदान प्रवेश गरेका थिए ।

 

खेल चलिरहँदा मैदान प्रवेश गर्ने सबै रुसको 'पुसी राएट' समूहसँग आबद्ध रहेको उक्त समूहले विज्ञप्तिमार्फत जनाएको हो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उपस्थित फाइनल खेलमा समूहले केही माग राख्दै उक्त कदम चालेको बताएको छ ।

 

इभान राकिटिचले मिडफिल्डमा बल बढाउँदै गर्दा मैदानको बिचमा दर्शक आएपछि अर्जेन्टिनी रेफ्री नेस्टर पिटानाले खेल रोके । दर्शकदीर्घा वरपर तैनाथ सेकुरिटीले मैदानबाट केही समयमै चारै जनालाई हटाएर खेल सुचारु भयो ।

 

विज्ञप्तिमा जनाएअनुसार समूहले राजनीतिक कैदी सबैलाई रिहा गर्नुपर्ने, र्‍यालीहरुमा हुने अवैधानिक गिरफ्तारी बन्द गर्नुपर्ने, खुला राजनीतिक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुपर्ने लगायतका माग राखेका छन् ।

 

सन् २०११ मा स्थापित यस समूहले त्यसयता पुटिन विरोधी र्‍यालीहरु आयोजना गर्दै आएको छ । खुला सदस्यता लिन पाइने यस समूहले विभिन्न कार्यक्रमका साथै प्राप्त सूचनाका आधारमा विज्ञप्ति जारी गर्दै खबरदारी गर्दै आएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

  • 4 minutes ago
निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुन

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

  • 7 minutes ago
समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।

बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

  • 54 minutes ago
बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

लण्डन । बेलायतमा नेपालीहरूको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको छ ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।