गिनिज वर्ल्ड रेकर्ड्सः जापानी दिदीबहिनी बने सबैभन्दा ज्येष्ठ जुम्ल्याहा

Norvic Hospital
photo : bbc

एजेन्सी । दुई जापानी दिदीबहिनीलाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा ज्येष्ठ जीवित जुम्ल्याहाका रूपमा प्रमाणपत्र प्रदान गरेको छ ।

 

उनीहरू १ सेप्टेम्बरका दिन १०७ वर्ष ३०० दिनका हुँदा त्यस्तो प्रमाणित गरिएको हो ।

 

उमेनो सुमियामा र कोउमी कोदामले यसअघि जापानकै अर्का जुम्ल्याहा दिदीबहिनीको नाममा रहेको कीर्तिमान तोडेका हुन् ।

 

सन् १९१३ को नोभेम्बर ५ का दिन सोदोसिमा टापुमा जन्मिएका उमेनो र कोउमी निकै मिलनसार व्यक्तिका रूपमा परिचित छन् ।

 

घोषणा

यो घोषणा सोमवार ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्ने दिनको अवसर पारेर गरिएको हो ।

 

त्यस दिन जापानमा राष्ट्रिय बिदा दिइन्छ ।

 

कोभिड महामारीका कारण जापानका फरकफरक ठाउँमा रहेका उनीहरूलाई भिन्दाभिन्दै प्रमाणपत्र पठाइएको थियो ।

 

यसअघिका किन र जीन १०७ वर्ष १७५ दिनको कीर्तिमान कायम गरेका थिए ।

 

किनको मृत्यु सन् २००० को ज्यानुअरीमा भएको थियो भने त्यसको एक वर्षपछि १०८ वर्षको उमेरमा जीनको मृत्यु भएको थियो ।

 

ती जुम्लयाहाको नामको अर्थ जापानी भाषामा सुन र चाँदी भन्ने हुन्छ ।

 

सन् १८९२ को अगस्ट १ मा जन्मिएका उनीहरूको आफ्नो जीवनको अन्तिम दशकमा सञ्चारमाध्यमहरूमा निकै चर्चित बनेका थिए ।

 

जापानमा जेष्ठ नागरिक

उमेनो र कोउमीका परिवारका अनुसार उनीहरू दुवै यति लामो उमेर पुगेको विषयमा ठट्टा गरेका थिए ।

 

उमेनोका चार र कोउमीका तीन सन्तान छन् ।

 

जापानको औसत आयु संसारकै उच्च मानिन्छ र त्यहाँ ज्येष्ठ नागरिकहरूप्रति अन्यत्रभन्दा धेरै सम्मान गर्ने गरेको पाइन्छ ।

 

गिनिज बुकका अनुसार अहिले जीवित रहेका ज्येष्ठ नागरिक समेत जापानकै ११८ वर्षीय महिला कानी तानका छिन् । बीबीसी 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धरानबाट लागुऔषध सहित १ जना पक्राउ

  • 33 minutes ago
धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको धरानबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन्। धरान उप–महानगरपालिका– २ भानुचोकबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धरान– १३ का २७ वर्षीय मिलन तामाङ रहेका छ

इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

  • 42 minutes ago
इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

एजेन्सी । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ ।

वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

  • 45 minutes ago
वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

वीरगञ्ज । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ ।



पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।